नयाँ नक्साको नसामा कुटनीतिक पहललाई अधकल्चो नछाडौं अतिक्रमित भूमि छोड ! , -नेता परियार

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले अतिक्रमित भूमि सहितको नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन हुनु सकारात्मक भन्दै सरकारलाई धन्यवाद दिएका छन । साझा पार्टीले सरकारलाई नेपालको नयाँ नक्सा सार्वजनिक गर्न दवाव दिदै आएको सन्दर्भमा अन्य दलहरु,नागरिक समाज र प्रवुद्ध वर्ग सवैको दवाव र आक्रोशलाई सरकारले सम्वोधन गरेको भन्दै सरकार धन्यवादको पात्र भएको नेता परियारले टिप्पणी गरेका हुन ।

सामाजिक संजालमा प्रतिकृया दिंदै नेता परियारले लेखेका छन ‘नयाँ नक्सा प्रकाशन सकारात्मक कदम: नहुनु मामा भन्दा मित मामा जाति, अव अझ मजवुत कुटनीतिक पहल आवश्यक छ । सडक, सदन, अभियान सवै कोणवाट अतिक्रमित भूमिलाई छोड्न लगाउन एक हौं । हाम्रो सहयोग, ऐक्यवद्धता र रचनात्मक दवाव सदा हुनेछ ।, नेता परियारले थप टिप्पणी गर्दै लेखेका छन ‘अव नक्सा हाम्रो हातमा, अतिक्रमित जमीन भारतको साथमा हुन नदिन अव्वल कुटनीतिक पहल/ दवाव वढाऔं !!!, पछिल्लो समयमा भारतले कयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

भारतले भर्खरै लिपुलेक भएर चिनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको वुझाई छ । साझा पार्टीले नेपालको अतिक्रमित भूभाग छोड्न भारतलाई आग्रह गर्दै दवाव स्वरुप लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा तत्काल सार्वजनिक गर्न यस अघिनै सरकारसंग माग गरेको थियो भने नेपाल र भारतबीच भएका सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र बदलिँदो समयको आवश्यकताका आधारमा दुबै सरकारलाई सिफारिस गर्ने उद्देश्य अनुरुप दुई देशले २०७२ सालमा गठित नेपाल-भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार गरेको ईपीजी प्रतिवेदन ग्रहण गरेर त्यसमा सुझाइएका सिफारिस कार्यान्वयन गरी सदीयौंदेखिको नेपाल-भारत बीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन साझा पार्टीले दुवै देशका सरकारलाई आग्रह गरिसकेको छ ।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले कुटनीतिक,राजनीतिक,रणनीतिक पहल गर्दै उच्च स्तरीय कुटनीतिक वार्ता मार्फत अतिक्रमित भूमी र सीमा विवाद सुल्झाउन आग्रह गरेका छन । ‘नयाँ नक्साको नसामा तमाम अतिक्रमित भूमि, विवादित सीमा र नाकाको समस्या अधकल्चो नहोस समयमै सल्टाऔं ।,