singel post top banner

दुबै मृगौला फेल भएकी “सम्झना बिष्ट बचाउ अभियान” सहयोगार्थ सुरु, पहिलो दिन रु. १,३७,९२५ /- रकम उठ्न सफल

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, पौष १२, २०७६
|
|
१५८१ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दुबै मृगौला फेल भएकी “सम्झना बिष्ट बचाउ अभियान” सहयोगार्थ सुरु, पहिलो दिन रु. १,३७,९२५ /- रकम उठ्न सफल

सारांश

  • प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “मानव सेवा नै धर्म हो” भन्ने मुल आशयका साथ पुस १२ गतेका दिन दुबै मृगौला फेल भएकी रुपन्देही स्थित सैनामैनाको मुर्गिया निवासी सम्झना बिष्ट बचाउ अभियान सहयोगार्थ साँस्कृतिक कार्यक्रम – २०७६ को सुरुवात भएको छ ।
  • यस कार्यक्रम पुस १६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
  • सो कार्यक्रम भक्त बहादुर थापाको अध्यतामा सम्पन्न भएको थियो भने सैनामैना नगरपालीकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल

“मानव सेवा नै धर्म हो” भन्ने मुल आशयका साथ पुस १२ गतेका दिन दुबै मृगौला फेल भएकी रुपन्देही स्थित सैनामैनाको मुर्गिया निवासी सम्झना बिष्ट बचाउ अभियान सहयोगार्थ साँस्कृतिक कार्यक्रम – २०७६ को सुरुवात भएको छ । यस कार्यक्रम पुस १६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

सो कार्यक्रम भक्त बहादुर थापाको अध्यतामा सम्पन्न भएको थियो भने सैनामैना नगरपालीकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय पुर्व अध्यक्ष र सोही संस्थाका केन्द्रिय प्रशासनिक सचिव कृष्ण रेउले, सैना मैना ३ नं वडा अध्यक्ष रत्न बहादुर पौडेल, सैनामैना ईलाका प्रहरी कार्यालयका ईलाका ईन्चार्ज महेश श्रेष्ठ लगायत अन्य रहेका थिए ।

उक्त कार्यक्रमको संयोजकको रुपमा नारायण भुषाल, कार्यक्रम ब्यवस्थापक राज कुमार रायमाझी रहेका थिए भने कार्यक्रमको सञ्चालन ऋषी न्यौपानेले गरेका थिए । कार्यक्रममा अतिथी कलाकारहरुको रुपमा चन्द्र शर्मा, कृष्ण रेउले, सुर्य पुर्वछाने मगर, कमल ओली, लक्षु प्रकाश मल्ल, सिता राना, बसन्त लम्साल, रञ्जिता थापा मगर, मुना रोक्का लगायत अन्य कलाकारहरु रहेका थिए ।

यस कार्यक्रमलाई थप सफल बनाउन बिभिन्न संघ संस्था, समाजसेवी ब्यक्तीत्व र पत्रकारहरुबाट सहयोग प्राप्त भएको थियो । पुस १२ गते पहिलो दिन सम्झना बिष्टलाई बचाउ अभियानका लागी रु. १,३७,९२५ /- (अक्षरुपी एक लाख सैतिस हजार नौ सय पच्चिस रुपैया मात्र) सहयोग रकम उठ्न सफल भएको छ ।

पुस १३ गते कार्यक्रमको दोस्रो दिन रुपन्देहीको बुद्धनगरमा करिब दिनको १२ बजे चर्चित गायिका राधिका हमाल लगायत अन्य कलाकारहरुको प्रस्तुतीका साथ कार्यक्रम सञ्चालन हुने आयोजक पक्षले बताएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा चौथो लोक दोहोरी साझ
चलचित्र “आरुसी” को पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने
चलचित्र “आरुसी” को पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न।
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?