singel post top banner

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१७०६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए । उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे । उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको बताए । उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।
उनले भने, ‘मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्त्व दिएको छु । तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले खेल क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे । उनले सम्झौता ऐतिहासिक हुने बताए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा लायन ज्योती केसी निर्विरोध
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा लायन ज्योती केसी निर्विरोध
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
बेनी नगरपालिकामा निर्णय कार्यान्वनयमा अन्योल सिर्जना, नगर प्रमुख र सदस्य बिच बिबाद ।
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न
सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
भोटेकोशी बाढीपीडितका लागि परमेश्वरको मण्डलीको खाद्यान्न सहयोग
अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्
अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?