singel post top banner

बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, आश्विन २५, २०८०
|
|
१५२४ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना

सारांश

  • जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु पाटनको उच्च अदालत अगाडि धर्नामा बसेका छन् ।
  • जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
  • उनको मुद्दा आज सुनुवाई हुँदैछ ।

जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु पाटनको उच्च अदालत अगाडि धर्नामा बसेका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उनको मुद्दा आज सुनुवाई हुँदैछ ।

के ती पीडित महिलाको पक्षमा फैसला होला त?

आज उनको मुद्दा उच्च अदालतका न्यायाधीश राजेश खरेल र रमेशराज पोखरेलको ईजलाशमा परेको छ । २ नम्बरमा पालो रहेको यो मुद्दामा मिलेमतो हुनसक्ने आशंका बढेको भन्दै उनीहरु उच्च अदालत पाटनमा धर्नामा बसेका हुन् ।

गत भदौ ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने मिलापत्र गर्न दबाव दिनेहरुलाई जनही ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम (२६) परिसर (४) माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए ।

गत असार ८ गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा थिए । तामाङ्गले धरौटी बुझाएको खबर छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भएकै बेला गीतकार बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ व्यवसायमा
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता – २०७७” सम्पन्न
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
प्रेसिडेन्ट ग्रुपद्वारा क्वारेन्टाइनका लागि होटेलहरू सरकारलाई दिने घोषणा
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?