singel post top banner

ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, चैत्र १, २०७६
|
|
१६३० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
ऐतिहासीक ‘कमेडी च्याम्पियन’ शो को पहिलो बिजेता बने हिमेश पन्त

सारांश

  • काठमाडौँ ।
  • धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् ।
  • अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् ।

काठमाडौँ । धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन् । उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन् । उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्ग बहादुर पुन मगर पनि थिए ।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्। ‘कमेडी च्याम्पियन’ शो को होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
कोहलपुर नगरपालिकाद्वारा ASEZ WAO लाई प्रशंसापत्र, १ हजार बिरुवा रोपियो
‘SEE TOP MODEL ICON 2019  काठमाडौँ र दमौलीमा हुने ।
‘SEE TOP MODEL ICON 2019 काठमाडौँ र दमौलीमा हुने ।
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
नेपाली कथानक चलचित्र ‘भो माया लाउदिन’को शुभारम्भ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
इजरायललाई इरानी राजदूतको चेतावनी- दूतावासमा गरेको आक्रमणको जवाफ छिट्टै दिनेछौँ
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?