singel post top banner

दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
१४९६ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छोड्यो

सारांश

  • तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।
  • ‘ह्याप्पी तिहार,  चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।
  • अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए।

तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ।

‘ह्याप्पी तिहार,  चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो।

अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए। उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल पुर्‍याउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस्,’ उनले सञ्चारकर्मीमाझ भनेका थिए। उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी मागेका थिए।

थापाले कलाकारहरुले गीत तयार गर्ने क्रममा सावधानी अपनाउनुपर्ने पनि सञ्चारकर्मीमाझ बताएका थिए। आफूले गरेको गल्ती अरुबाट नहोस् भन्ने आफूले चाहेको जानकारी पनि उनले गराएका थिए।

विवादमा आएपछि गायक दुर्गेश थापाले आफ्नो उक्त गीत युट्युबबाट हटाएका थिए। ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक थापाले सार्वजनिक रुपमा माफी मागेपछि उनलाई छाडेको हो। गायक थापाले नराम्रा शब्दहरुलाई ‘बीप’ गरेर फेरि उक्त गीत ल्याउने जानकारी दिएका थिए।

जिल्ला प्रशासन कार्यालयले उनीबिरुद्ध उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न आग्रह गरेको थियो। दुर्गेशलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएर महाशाखा ल्याएको थियो।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
सार्वजनिक धारामा पानी भर्दा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
एकै घरका दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउदै ।
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
गायक राजेश पायल राई पक्राउ, मदिरा सेवन गरी होहल्ला गरेको आरोप
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
सुमित्रा मंग्राती बचाउ अभियानमा संकलित सहयोग अध्यक्ष नारायण महतद्वारा हस्तान्तरण।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?