singel post top banner

भारतीय मिडीयाको अचाक्ली विष वमन: नेपाललाई मजवुर होइन मजवुत वन्न सन्देश -प्रकाशचन्द्र परियार

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शनिबार, जेठ १०, २०७७
|
|
१६२३ पटक हेरिएको
Shares
adbanner is singel post feature imge

सारांश

  • भारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु वलात्कृत भएको समाचार देख्दैनन लेख्दैनन,ठुलो संख्यामा दैनिक किसानहरु आत्महत्या गरेको समाचारलाई महत्व दिंदैन, तन्नम गरिवीले सदगत गर्न पनि नपाउने समाजको चित्र लेख्दैन, छुवाछुत र विभेदवारे सत्य वाहिर ल्याउन पहल गर्दैन, भोकमरी र दहेजले निम्त्याएको आत्महत्या समाचार वन्दैन तर हप्तौ सम्म यस्तो कार्यक्रम वनाउँछ कि ‘ऐश्वर्य राय गर्भवती भएकी छन, उनले छोरा जन्माउलीन की छोरी ?
  • वच्चन परिवारले वच्चाको नाम के राख्दै छ ?
  • के ऐश्वर्या वच्चा जन्माउन खुशी थिईन ?

भारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु वलात्कृत भएको समाचार देख्दैनन लेख्दैनन,ठुलो संख्यामा दैनिक किसानहरु आत्महत्या गरेको समाचारलाई महत्व दिंदैन, तन्नम गरिवीले सदगत गर्न पनि नपाउने समाजको चित्र लेख्दैन, छुवाछुत र विभेदवारे सत्य वाहिर ल्याउन पहल गर्दैन, भोकमरी र दहेजले निम्त्याएको आत्महत्या समाचार वन्दैन तर हप्तौ सम्म यस्तो कार्यक्रम वनाउँछ कि ‘ऐश्वर्य राय गर्भवती भएकी छन, उनले छोरा जन्माउलीन की छोरी ? वच्चन परिवारले वच्चाको नाम के राख्दै छ ? के ऐश्वर्या वच्चा जन्माउन खुशी थिईन ?

वर्षौ देखि भारत -पाक, भारत -चीन, भारत -नेपालवीचको सम्वन्धमा एकोहोरो विष वमन गर्ने मिडीया पछिल्लो दशक मोदी फासिजमको एकोहोरो मुखपत्र मानिने भारतमा कर्पोरेट मिडीया ‘पेड मिडीया’मा रुपान्तरण भएको भन्दै आलोचना भइरहेको छ ।

पछिल्लो छ महिनादेखि भारतीय मिडीया नेपाल विरुद्ध एकोहोरो विष वमन गरिरहेको कुरा हामीले नजिकवाट नियालीरहेका छौं ।भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग उसको राजनीतिक नक्सामा राखेदेखिनै नेपाली राजनीतिक दल,नागरिक समाज, प्रवुद्ध वर्ग र मिडीया एक ठाँउमा देखिए पनि भारतीय मिडीयाको विष वमन निरन्तर थियो ।

तर पछिल्लो पटक नेपाल सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्ने घोषणा सार्वजनिक भए लगत्तै देखि भने भारतीय मिडीयाहरु अचाक्ली रुपमा मिथ्यांक, भ्रम, प्रपोगाण्डाका साथ नेपाल विरुद्ध एकोहोरो प्रस्तुत हुनुलाई हामीले अत्यन्त संवेदनशीलताका साथ हेर्नु पर्छ कि केही अपवाद मिडीया वाहेक त्यहाँवाट सन्तुलित समाचार आउनेवाला छैन ।

वरु उनीहरुको एकोहोरो विष वमनवाट हामीले के वुझौं भने अव भारतसंगको कुटनीतिक वार्ता, संवाद र दावी विरोधमा निकै संवेदनशील रुपले प्रस्तुत हुन सवै खाले संयन्त्रको निर्माण, पूर्ण तयारीका साथ प्रस्तुत हुनै पर्छ । अर्थात तार्किक निष्कर्षमा पुग्न अर्थात हाम्रो अतिक्रमित भुभागवाट उनीहरुलाई छोडाउन अति धेरैनै सुझवुझ र मेहनतको अत्यावश्यक छ ।
म फेरि भन्छु संयमता ! अझ संयमता !! संवेदनशीलता !
झन संवेदनशीलता अत्यावश्यक । तयारी तयारी, पूर्ण तयारी अत्यावश्यक छ।

मदिराको मातमा होस गुमाएर आफ्नै घरमा आगो लगाए जस्तो नयाँ नक्साको नसामा कुटनीतिक, रणनीतिक र राजनीतिक संयमता नगुमाऔ । अझ संवेदनशील र रणनीतिक कुटनीतिक हिसावले मजवुर सम्वन्धलाई मजवुत सम्वन्धमा रुपान्तरण गर्न अत्यन्त संयमता, विशिष्ट तयारी अत्यावश्यक छ । चाहे सरकार होस, सदन, सडक होस सदन वा मिडीया आफ्नो मुल धर्म नछोडौं।

भारतीय मिडीयाको तमासा हेर्दै गरौंला, आफ्नो अव्वल तयारी पहिलो प्राथमिकता हुनै पर्छ, यो अत्यन्त जरुर छ। कारण यो तुरुन्त र सजिलै सल्टिने विषयनै होइन र भारत नेपालको सम्वन्ध सीमा विवाद मात्रै होइन ।

यो सत्य हो कि हामीले दौत्य सम्वन्ध तोडेका छैनौ, प्रिय छिमेकी तपाईको ‘दैत्य सम्वन्ध’ मन पराईएको छैन । हामी मिलेर समाधान गर्न तयार छौ, आउनुस वार्ताको तयारी गरौं ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै नायिका तथा मोडल आशा भुषालले लेखिन् यस्तो कुरा
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
श्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
परमेश्वरको मण्डली हेटौडाको आयोजनामा बागमतीको झुरझुरे क्षेत्रमा बृहत सरसफाइ सम्पन्न।
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
मोडल एस. के. दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने महाप्रबन्धक अशोकप्यासी राईको सङ्कल्प
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?