singel post top banner

अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
१६०७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,

सारांश

  • ललितपुर ।
  • ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन प्रयागपोखरीमा नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सहित दिपेन्द्र श्रेष्ठ, केशब देसार, बिमला आचार्य, रितु घलानले आज एक समारोहका बिच पदभार ग्रहण गरेका छन् ।
  • पदभार ग्रहण पछि उक्त कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष पराजुलीले हिजोका राम्रा कुराहरुको अनुसरण गर्दै थप कुराहरुमा अरुले दिएको सल्लाह तथा सुझावलाई आफुले सिरोपर गर्ने बताए ।

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन प्रयागपोखरीमा नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सहित दिपेन्द्र श्रेष्ठ, केशब देसार, बिमला आचार्य, रितु घलानले आज एक समारोहका बिच पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण पछि उक्त कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष पराजुलीले हिजोका राम्रा कुराहरुको अनुसरण गर्दै थप कुराहरुमा अरुले दिएको सल्लाह तथा सुझावलाई आफुले सिरोपर गर्ने बताए । सकेसम्म आलोचना नहुने सकारात्मक पहलको पक्षपाती भएर काम समेत गरेर देखाउँने प्रविद्धता उनको रहेको थियो । ललितपुरको ठूलादुर्लङ, गिम्दीका खेलाडीप्रति लिएको नीति ललितपुरको कुपण्डोलमा उचित नहुने बताउँदै उनले भने, ‘ललितपुर खेलाडीहरुको उर्भर भूमि हो । खेलाडीहरुको हितको लागि आफू दिनरात लाग्नेछु । अध्यक्ष पराजुलीले निवर्तमान कार्यालय प्रमुख सुजन खतिवडाको विदाई गरी नवआगन्तुक कार्यालय प्रमुख कृष्णराज खनालको स्वागत समेत गरे ।

सो बागमती प्रदेश खेलकुद विकास परिषदको बोर्ड सदस्य धनकुमार मैनालीले बागमती प्रदेश खेलकुद प्रतियोगिता चैत २१ गतेदेखि चैत्र २८ गतेसम्म हेटौडा र चितवन हुने जानकारी दिएका थिए । उनले सो अवसरमा प्रशिक्षक, खेलाडी र रेफ्रीहरुको भत्ता १४ सयबाट २ हजार पु¥याएको बताए ।

सो कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदको बोर्डहरु धनकुमार मैनाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते महासंघको उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतका खेलसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरु सहित प्रशिक्षक र कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रम बरिष्ठ बक्सिङ प्रशिक्षक मदन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने अध्यक्ष पराजुलीले समितिले तत्काल गर्न लागेका तीन वटा कार्यक्रमको घोषणा समेत गरेका छन् । जस अन्तर्गत चैत १२, १३ र १४ गते जिल्ला स्तरिय छनोट प्रतियोगिता गर्ने, बैशाख पहिलो हप्ता रास्ट्रपति रनिङ्ग शिल्ड,जिल्ला स्तरिय छनोट प्रतियोगिता गर्ने र दक्षिण एशियाली खेलुकुद प्रतियोगितामा पदक बिजेता खेलाडी, प्रक्षिक र रेफ्रीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने उनको घोषणा थियो ।

 

https://www.youtube.com/watch?v=er1Goi6nIec

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
बिश्वकर्मा कलाकार मञ्च नेपाल गठन
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
(कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा, भोली फागुन १७ गते भब्य रुपमा सम्पन्न हुने
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगीता” हुँदै
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने
गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ
गायक राजु परियारको हातबाट नयाँ बसपार्कमा “न्यु देउराली रोधीघर” को शुभारम्भ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?