singel post top banner

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
१६८५ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो

सारांश

  • काठमाडौं, नेपाल प्रकाश बराईली “अभिब्यक्ती” कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी दिवस” मनाएको छ ।
  • हालः यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना भैसकेका छन् ।
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवन वरीपरी रहेका फोहोरलाई ब्यवस्थापन गर्दै सरसफाई अभियानबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

काठमाडौं, नेपाल
प्रकाश बराईली “अभिब्यक्ती”

कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी दिवस” मनाएको छ । हालः यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना भैसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवन वरीपरी रहेका फोहोरलाई ब्यवस्थापन गर्दै सरसफाई अभियानबाट कार्यक्रमको सुरुवात गरिएको थियो । केन्द्रिय अध्यक्ष रमेश बिजिको अध्यक्षता तथा महासचिव सुवास केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्रि पंगेनी, समाजसेबी पृथ्बी थकाली, पशुपति शर्मा, खुमन अधिकारी, रमेशराज भट्टराई, शिब हमाल, कृष्ण रेउले, दिपक खड्का, पिएन सापकोटा लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो ।

आगामी बर्षहरुमा स्थापना दिवसको अवसर पारेर लोक दोहोरी दिवस मनाउने निर्णय भएको जनाउदै यस अभियानमा सबैले साथ दिने कुरामा बिश्वस्त रहेको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताए । साथै यस अभियानलाई नेपाल सरकार सामु छिट्टै प्रस्ताव राख्ने र सार्वजनिक बिदा घोषणाको प्रस्ताव पनि राख्ने योजना भएको कुरा अध्यक्ष बिजीले बताए ।

यस संस्थाको प्रत्येक बर्ष बार्षिकोत्सव संगै लोक दोहोरी दिवस मनाउने निर्णय भएको र कोरोना भाईरसका कारण रनिङ शिल्ड दोहोरी गीत प्रतियोगीता पनि केही समयका लागी रद्ध भएको जानकारी गराउदै आगामी दिनमा बृहत रुपमा कार्यक्रम आयोजना गर्ने कुरा रमेश बिजीले जानकारी गराएका छन् । लोक दोहोरी दिवस मनाउने कुरा अचानक निर्णय भएको हुँदा धेरैलाई खवर गर्न नपाएको भन्दै अध्यक्ष रमेश बिजीले क्षमा याचना गरेका छन् ।

लोक दोहोरी दिवस मनाउने प्रस्तावलाई नेपाल सरकारले स्विकार गर्ने कुरामा धेरै कलाकारहरु बिश्वस्त रहेका छन् । फागुन २९ गतेका दिन बिभिन्न कलाकारहरुले आफ्नो सामाजिक सञ्जालमा लोक दोहोरी दिवसको शुभकामना दिएको देख्न पनि पाईन्छ । एक हातले ताली बज्दैन भनेझै धेरै कलाकारहरुको साथ सपोर्ट र एकता भएपछि लोक दोहोरी दिवस मनाउने कुरामा कुनै दुई मत छैन । यस अभियानलाई सरकारले पनि सकरात्मक रुपमा लिने छ भन्ने मिडियाकर्मीहरुको पनि बिश्वास र आशा रहेको छ । पृथक अनि राम्रो अभियान सुरु गर्ने अध्यक्ष रमेश बिजी लगायत केन्द्रिय समितीका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै प्रत्येक बर्ष लोक दोहोरी दिवस मनाउने अभियान सफल रहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

 

https://www.youtube.com/watch?v=bYL55U7DYY0

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
निकै मार्मिक लोकगीत “सात गाउँ” सार्वजनिक, सबिनराज सेन्चुरी र राज बराइलीको भावुक प्रस्तुति
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
तारकेश्वरमा श्रीमतीको मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
धौलागिरी संस्कृतीक समितिको आयोजनामा “धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम” सम्पन्न
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गते सम्पन्न हुने
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
“चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
श्री पशुपपशुपति कोटिहोम महायज्ञको आज समुदघाटन
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न
उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?