singel post top banner

राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
१४११ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न

सारांश

  • काठमाण्डौ श्रावन २३ – राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ निकै भव्यताका साथ सम्पन्न भएको छ ।
  • संस्थाका बरिष्ठ उपाध्यक्ष रमेश बि.
  • जी को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय महाचाचिब सुबास के.

काठमाण्डौ श्रावन २३ – राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ निकै भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय महाचाचिब सुबास के.सी, केन्द्रीय सदस्य शिब हमाल, निर्बाचन संयोजक तथा केन्द्रीय सदस्य राजु ढकाल, उपत्यका समन्वय समितिका अध्यक्ष पी एन सापकोटा, महासचिब माधब थापा, चाबहिल समिती संयोजक – भीमसेन खतिवडा लगाएतले निबर्तमान कार्यसमितिले गरेको भूमिकाको उच्च मुल्यांकन गर्दै वर्तमान कार्य समितिलाई बधाई समेत ब्यक्त गरेका थिए ।

यस अगी बसपार्क समिति, कोटेश्वर समिति, ललितपुर समिति, बानेश्वर समिति, कमलादी समिति, ठमेल समितिको साधारणसभा पनि निकै भव्यताका साथ् सम्पन्न भैसकेको छ । गत बर्षका साधारण सभा भन्दा अहिलेको साधारण सभाबाट धेरै कलाकारहरु प्रतिष्ठानको छाता मुनि रहेर आफ्नो भूमिका निर्वाह गर्न इच्छुक रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि रमेश बि.जी ले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सम्पूर्ण कलाकर्मीहरुको एउटा साझा घर हो र त्यस घरमा कोहि घरको चोटामा, कोहि पिंडीमा त कोहि दलान अथवा आँगनमा रहेर आफ्नो हक अधिकार तथा यस क्षेत्रको सम्वृद्धिको लागि जुट्न सकिने बताएका छन् । उनले साधारण सभाबाट निर्बाचित नबन्नु भएका कलाकारहरुलाई पनि घरको चोटा, छिंडी, पिंडी दलान अथवा आँगन सुरक्षित रहेको धारणा राखेका थिए ।

राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ बाट निर्बाचित पदाधिकारी हरुको नाम तल उल्लेख गरिएको छ ।अध्यक्ष – दिपक आचार्य, प्रथम उपाध्यक्ष – सिता खपांगी मगर, द्दितीय उपाध्यक्ष – अर्जुन पोख्रेल, महिला उपाध्यक्ष – स्मृति गौतम, सचिब – पदम थापा, कोषाध्यक्ष जिबन खतिवडासह-सचिब – रमेश ढकालसह – कोसाध्यक्ष अंशु मगरप्रबक्ता – बिष्णु क्षेत्रीसंचार संयोजक – राजु बोहराखेलकुद संयोजक – सुरेश गुरुङ्ग,महिला संयोजक – शर्मिला लामा,कार्यक्रम संयोजक – श्रवन कुमार मिश्र सदस्यहरु,  कृष क्षेत्री,  प्रकाश सोनी, धनकाजी परियार,निरुता बि क,महेश्वरी मगर, सुदीपराज जैरु, सरिता खड्का,सपना खड्का रहेका छन् ।त्यसैगरी मनोनित सदस्यहरुमा सावित्र भुजेल, नरेन्द्र मल्ल, बिष्णु कुँवर, कमल सरगम रहेका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
कागजी एम्बुलेन्सलाई भुक्तानी : प्रहरी हेडक्वार्टरमा कसरी बुनिन्छ भ्रष्टाचारको तानाबाना ?
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
बझाङमा स्याल आतंक, ११ जना स्यालले टोकेर घाइते ।
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
भोटेकोशी बाढीपीडितका लागि ईटि युथ क्लबको राहत अभियान, विभिन्न स्थानमा सामग्री वितरण
गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
गायिका स्मृति गौतमको नयाँ काठे लोकदोहोरी ‘निष्ठुरे’ सार्वजनिक
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
सम्मानित अदालतबाट रबिले पाए न्याय, जित अन्तमा सत्यको नै भयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?