singel post top banner

रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
बुधबार, पौष २३, २०७६
|
|
१४१८ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक

सारांश

  • परदेशमै रहेर पनि नेपाली गीत संगीतलाई प्राथमिकता दिएर कलम चलाउँदै आएकी गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।
  • राजधानीको बागबजारस्थित पुस २१ गते हेलो क्याफेमा म्युजिक खबरको संयोजनमा आयोजित कार्यक्रमकाबिच उक्त गीतको भिडियो बिमोचन गरिएको छ ।
  • गीत बिमोचन समारोहमा वरिष्ठ पत्रकार शान्ति प्रिय, सोही गीतका संगीतकार सुनिल मास्के, उक्त गीतको शब्द रचनाकार रुवी पोखरेल, सोही गीतकी गायिका प्राश्ना शाक्य लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

परदेशमै रहेर पनि नेपाली गीत संगीतलाई प्राथमिकता दिएर कलम चलाउँदै आएकी गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीको बागबजारस्थित पुस २१ गते हेलो क्याफेमा म्युजिक खबरको संयोजनमा आयोजित कार्यक्रमकाबिच उक्त गीतको भिडियो बिमोचन गरिएको छ ।

गीत बिमोचन समारोहमा वरिष्ठ पत्रकार शान्ति प्रिय, सोही गीतका संगीतकार सुनिल मास्के, उक्त गीतको शब्द रचनाकार रुवी पोखरेल, सोही गीतकी गायिका प्राश्ना शाक्य लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । सो समारोहमा पत्रकारहरुलाई नै कार्यक्रमको प्रमुख अथितिको रुपमा सम्बोधन गरिएको थियो । अहिलेसम्मकै कार्यक्रम मध्ये उपस्थित पत्रकारहरुलाई नै प्रमुख अतिथिको रुपमा सम्बोधन गरिएको यो पहिलो कार्यक्रम हो ।

गण्डकी प्रदेश पोखरावासी गीतकार पोखरेल हाल हङकङ बस्दै आएकी छन् । उनको पहिलो गीत ‘आँशु’ नामक गीतको संगीत सुनिल मास्केको रहेको छ । गायिका प्राश्ना शाक्यको एकल आवाजमा रहेको उक्त गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् भने उत्सव दाहालले सो भिडियो खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा जीवन भट्टराई र इस्तु कार्कीको अभिनय रहेको छ । गीतको शब्द र भिडियोले दु:ख ब्यदनाको यथार्थ घटनालाई स्मरण गराएको छ ।

सबै पत्रकारहरुको प्रतिनिधित्व गर्दै साहित्यकार एवं वरिष्ठ पत्रकार शान्ति प्रियले उक्त गीत र भिडियोको प्रसंसा गर्दै मान्छेले भन्दा पनि गीतको शब्द र भिडियोले नेपाली समूदायमा घट्ने विभिन्न घटनालाई यथार्थ चित्रण गरेको बताए । त्यस्तै संगीतकार सुनिल मास्केले पनि आफूले सुरुमा वाद्यवादनबाट गायन र संगीतकार लगायत कलाकारिताको विभिन्न क्षेत्रमा अघि बढेको जनाउँदै यस गीतमा संगीत भर्न पाउँदा खुशी ब्यक्त गरे । गायिका प्राश्ना शाक्यले आफूले धेरै पप गीत गायको जानकारी दिँदै उक्त आधुनिक गीत ‘आँशु’ मा आवाज दिन पाउँदा अझै परिपक्क गायिकाको रुपमा चिनिएको महसुस आफूले गरेको धारणा ब्यक्त गरिन् ।

त्यसैगरी गीतकी शब्द रचनाकार रुवी पोखरेलले पनि बाल्य अवस्थादेखिनै आफूले डायरीमा विभिन्न कविता, गजल, मुक्तक लगायत लेखहरु लेख्दै आएको बताउँदै गीतकारमा पनि रुची भएकाले यस गीतको शब्द रचना गरेको बताइन् । परदेशमा रहेर नेपाली गीत संगीतको माया गरेर मर्मस्पर्शी गीत ‘आँशु’ को शब्द रचना गरेको भन्दै गीतकार पोखरेलका निकट प्रसंसकहरुले उनलाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
“राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा ।
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्बुलाई प्रेस सेन्टर नेपालले निस्कासन गरे
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३ सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
गुल्मीमा गैरदलितको घरमा दलित पसेको भन्दै जरिवाना तिराईयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?