singel post top banner

गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, चैत्र २३, २०७६
|
|
२५३० पटक हेरिएको
Shares
adbanner is singel post feature imge
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला

सारांश

  • काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ।
  • लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्।
  • बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्।

काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ। लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्। बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्। घरछेउको पसलमा तरकारी महँगो भएपछि मानिसहरू नजिकका ठूला तरकारी बजार धाइरहेका छन्, जसले गर्दा बल्खु, कालिमाटीलगायत बजारमा विहान, बेलुकी थामिनसक्नु भीड हुन्छ।

तरकारी बजारमा अव्यवस्थित भीडले कोरोना फैलने त्रास व्यवसायीमा छ। सामान्य अवस्थाकै जस्तो भीड किन तरकारी बजारमा भइरहेको छ? व्यवसायीहरूका अनुसार खुद्रा व्यवसायीले महँगीमा तरकारी बेचेका छन्, त्यसको असर तरकारी बजारमा देखियो। एक किलो तरकारी किन्न पनि मानिसहरू बल्खु, कालिमाटी धाए। ‘यहाँबाट सस्तोमा तरकारी लगेर महँगीमा विक्री गर्छन् त्यसैले थामिनसक्नु भीड भएको छ,’ बल्खुस्थित तरकारी बजारका व्यवसायी रामकुमार शिवाकोटी भन्छन्, ‘प्रतिकिलो ३० रूपैंयाँमा गोलभेडा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेचिदिन्छन्। सरकारले अनुगमन गर्दैन, के गर्ने?’

उनले किसान र होलसेल गर्ने व्यापारीलेभन्दा खुद्रा व्यापारीले धेरै नाफा लिएको बताए। ‘तरकारी उत्पादन गर्ने किसान मर्ने, होलसेल गर्ने व्यवसायी मर्ने तर खुद्रा व्यवसायी मोटाउने? राज्यले व्यवस्थित गर्नुपर्‍यो। नियमन गर्नुपर्‍यो, अनुगमन गर्नुपर्‍यो,’ उनले भने। कालिमाटीमा ३० रूपैंयाँ प्रतिकेजी गोलभेडा भए पनि खुद्रा व्यवसायीले प्रतिकेजी एक सय रूपैंयाँभन्दा धेरैमा विक्री गरिरहेको उनले बताए। ‘सेतो काउली प्रतिकेजी यहाँबाट १५ मा लगेर ८० मा खुद्रा व्यवसायीले बेचेको मेरै आँखाले देखेको छु,’ शिवाकोटीले थपे। अर्का व्यवसायी रवी साहले पनि खुद्रा पसल अनुगमन गर्नुपर्ने बताए। ‘यहाँबाट सस्तोमा तरकारी उठाउँछन् आफ्नो पसलमा लगेर महंगोमा विक्री गर्छन्,’ उनले भने, ‘तरकारी बजार अव्यवस्थित भयो, व्यवस्थित गर्नुपर्‍यो। जनतालाई संकटका बेला सस्तोमा तरकारी खुवाउनुपर्नेमा पाँच गुणासम्म महंगो लिन मिल्दैन।’

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चलचित्र  “कुम्भ करण ”  जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
चलचित्र  “कुम्भ करण ” जेठ  १७ गते शुक्रबारबाट देशव्यापी रुपले  १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
दशैंको पीडा बोकेर आयो राम थापा शिशिरको ‘पासपोर्ट झोलामा’
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
चर्चित गायिका दिपा नारायण झाको प्रमुख आतिथ्यतामा भारतमा पहिलो नेपाली स्टुडियोको उद्घाटन
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
कलाकार तथा समाजसेवी माया थामीले हात पारिन ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
“दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” फाल्गुण १६ देखि २५ गतेसम्म
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?