singel post top banner

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो

Sailung Khabar
belwo post title ad banner
इश्वर थापा मगर इश्वर थापा मगर
|
आइतबार, आषाढ २२, २०७६
|
|
२३०७ पटक हेरिएको
Shares
adbanner is singel post feature imge
असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भयो

सारांश

  • लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।
  • यस प्रतियोगीता कार्यक्रम यही असार २५ गते सम्पन्न हुने छ ।
  • “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए ।

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ । यस प्रतियोगीता कार्यक्रम यही असार २५ गते सम्पन्न हुने छ । “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथी नारायण रायमाझीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथीको रुपमा कृष्ण सुधा ढुंगाना, बद्री पंगेनी, पृथ्बी थकाली, सुवास केसी, बद्री पराजुली, शिब हमाल, दिपक खड्का, मिना बज्राचार्य, पम्फा सापकोटा, मिना खड्का, शिबहरी कार्की, कमल गाउले, उमा श्रेष्ठ, डिपी लोप्चन लगायत धेरै कलाकारहरु रहेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए ।

यस प्रतियोगीतामा २८ वटा समुहले भाग लिएका छन् । प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छनु् भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् । दोहोरी प्रतियोगीतामा बिभिन्न संघ संस्था र ब्यक्तीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो । राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका छन् ।

कार्यक्रम संयोजक एबम् कार्यक्रम अवधीभर कार्यक्रम सञ्चालकको रुपमा रहेका रमेश बिजीले दर्शक एबम् पत्रकारहरुलाई आभार प्रकट गर्दै कार्यक्रम अवधीभर उपस्थित भैदिनुहुन अनुरोध समेत गरेका छन् । कार्यक्रमको पहिलो दिन भब्य रुपमा भएको थियो । कार्यक्रम अवधीभर मिडिया र दर्शकहरुको साथ रहने कुरामा केन्द्रिय अध्यक्ष बद्री पंगेनी बिश्वस्त रहेको कुरा बताएका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

befor comment ad banner

कमेन्ट लेख्नुहोस्

इश्वर थापा मगर
इश्वर थापा मगर
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
साहित्यकार विभरा किरातीको नयाँ कविता सङ्ग्रह ‘आदिम फूल’ सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
काँग्रेसको समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
श्री महेन्द्र मा.वि.को बि.ब्य.स. अध्यक्षमा सुनार
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
बामदेव गौतमलाई केपी ओलीबाट फेरी यति ठुलो धोका
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
देशभक्ति सन्देश बोकेको मिन प्रकाश ओलीको नयाँ गीत ‘जगतमा के भयो’ सार्वजनिक
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
पैतालीस बुदे घोषणा पत्र जारी गर्दै महाभेला सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?