
अन्तर्राष्ट्रिय कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा हिजो बुधवारका दिन बुढानिलकण्ठ नगर अस्पतालमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीले संस्थाको प्रसंसा गर्दै भने “म यस कार्यक्रममा मात्र नभएर यहाँहरूको धेरै कार्यक्रमहरूमा उपस्थित भइसकेको छु, मैले यहाँहरूको शक्ति देखेको छु। यस बुढानीलकण्ठ नगरपालिकाका लागि यहाँहरू एउटा आशाको दियो बन्नुभएको छ। यहाँहरूले गर्ने हरेक कार्यक्रममा कसैले पनि खोट लगाउनसक्ने हिम्मत छ जस्तो हामीलाई लाग्दैन। रक्तदान कार्यक्रम एकदमै महान् कार्य हो जुन महान कार्य यहाँहरुले गर्दै आउनु भएको त्यसैले पनि आगामी दिनहरूमा यहाँहरूको भविष्य अझ उज्ज्वल हुनेछ” भन्नुहुँदै संस्थाप्रती कृतज्ञता व्यक्त गर्नुभएको थियो।
विश्वव्यापी रक्तदान अभियानको आयोजना गर्ने कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनकी अध्यक्ष जाङ गिल जा ज्यू हुनुन्छ भने यो संस्थाले नेपालमा सन २०२५ मा जनवरी ३० तारिख लुम्बिनी प्रदेशस्थित नेपालगञ्जमा आयोजना गरेपछि क्रमशः फेब्रुअरी ५ मा ललितपुरको जाउलाखेलमा, फेब्रुअरी १० मा चाँगुनारायणमा आयोजना गरिएको थियो भने हिजो फेब्रुअरी १२ मा बुढानिकण्ठ नगरपालिकाको नगर अस्पतालमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रमका सभा अध्यक्ष वीलभयू नेपालका अधक्ष्य किशोर साम्सोहाङले भन्नु भयो, सन् २०२५ मा २२औँ वर्षमा प्रवेश गरेको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेशनले ८ अरब मानव-जातिलाई आफ्नै परिवार सरह आमाको मनद्वारा प्रेम बाड्दै सेवा गर्दै सबैलाई खुशी बनाउने विश्वव्यापी गाउँ निर्माणको निम्ति प्रयत्नशील संस्था हो। आजकल रगतको जति अभाव छ त्यति नै स्वयंसेवकको रूपमा रक्तदान गर्ने व्यक्तिहरूको पनि अभाव छ। हाम्रो गौरवशाली संस्थाले रगत अभावका कारण जोकोहिले जीवन नगुमाउन भन्ने हेतुले आमाको मनद्वारा रक्तदान अभियान सञ्चालन गर्दैआएको छौ। यो बर्ष अर्थात सन २०२५ मा मात्र यस संस्थामार्फत ४०० जना भन्दा बढीले रक्तदान गरिसकेको कुरा पनि अध्यक्ष किशोर साम्सोहाङले जानकारी दिनुभयो।
बुढानिलकण्ठ नगर अस्पतालमा आयोजित गरिएको रक्तदान कार्यक्रममा काठमाडौंको विभिन्न ठाउँबाट उपस्थित वीलभयूका सदस्यहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब ३०० जनाको सहभागी थियो भने सहभागीहरूको स्वास्थ्य जाँच पश्चात १०२ जनाले सफलतापूर्वक रक्तदान गरेका हुन। उक्त रक्तदानबाट ३५,७०० मिलिलिटर रगत संकलन गरिएको थियो। बिहान ११ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम अपरान्ह ३:३० बजे समापन भएको थियो।
वीलभयूका एक सदस्य निर्मला राईले भनिन्, “रक्त अभावले गर्दा जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो। जीवनको कदर गर्दै जीवन बचाउने कार्यमा सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका छौ। यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।”
सन् २००४ मा कोरियाबाट एक व्यक्तिबाट सुरु भएको ‘रक्तदान अभियान’ प्रेमपूर्ण कार्य दुई जना, चार जना गर्दै बढ्दैगएर सम्पूर्ण मानव-जाति सहभागी होऊन् भन्ने आशाका साथ आयोजित विश्वव्यापी जीवन बचाउने अभियान हो। यो वर्ष २२औँ वर्षमा प्रवेश गर्दै गर्दा ६४ वटा देशबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन्। नेपालमा पनि वीलभयूले काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ। अर्का एक वीलभयूका सदस्य भन्छन।
वीलभयूले विभिन्न पक्षबाट मानव कल्याणका गतिविधिहरू सञ्चालन गर्दैआएको जानकार बताउछन। वीलभयूले बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न ठाउँमा विद्यालयको खेल मैदानको लागि जग्गा खरिद रकम सहयोग, बहुउद्देश्यीय हल निर्माण, साइनबोर्ड स्थापना तथा घेराबार निर्माण, शैक्षिक सामग्री र पाठ्यपुस्तक सहयोग जस्ता थुप्रै सहयोग गरेर भावी पुस्ताको शैक्षिक वातावरण सुधार गर्नमा कडा मेहनत गरेको सम्म बताउछन।
वीलभयूले वातावरण कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’ र ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत सडक र पार्कहरूलाई सजाउने कार्य पनि गरेको छ। योचाहिँ वृक्षारोपण गरेर विश्वव्यापी तापमान वृद्धिको मुख्य कारक हरितगृह ग्याँसलाई न्यूनीकरण गर्ने वातावरणीय गतिविधि हो। वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको वीलभयूका अर्का एक अधिकारीले जानकारी दिए।
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले नेपाल भरी गरेको समाजसेवा साथै देश बिदेशबाट प्राप्त पुरस्कारहरु।
लुम्बिनी प्रदेशको रुपन्देहीमा भारी वर्षाले क्षतिग्रस्त भएको घर निर्माणमा सहयोग, कोभिड–१९को महामारीलाई जित्न क्वारेन्टाइन सामग्री सहयोग, २०७२ सालको भूकम्पका बेला पीडितहरूका लागि राहत कार्यमा सहयोग जस्ता कार्यहरू गरेर राष्ट्रिय विपद्को सामना गर्नमा पनि वीलभयूले सक्रिय रूपमा सरिक हुँदै आएको छ। यस्ता विविध गतिविधिहरू गरेबापत वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्रसमेत प्राप्त गरेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UNDGC) सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो, र ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न मानव कल्याणका गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन् ।