संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पहिलो बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएसँगै सचिवालयले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

संसद् सचिवालयका अनुसार १९ चैत दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको पहिलो बैठकभन्दा ठीक एक घण्टाअघि सर्वदलीय बैठक बस्नेछ ।

नयाँ संसद्को पहिलो बैठकले मुख्य गरी सभामुखको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेछ । प्रचलित संसदीय अभ्यास अनुसार पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने कार्यक्रम समेत रहनेछ ।

संसद् सचिवालयले नयाँ सांसदहरूको स्वागत र बैठक सञ्चालनका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरिसकेको जनाएको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरू सहभागी हुने यो पहिलो अधिवेशनले मुलुकको आगामी राजनीतिक दिशा र नयाँ सरकारको भविष्यलाई समेत संकेत गर्नेछ।