काठमाडौ। सामाजिक सेवा र कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी माया थामीलाई नेशनल सोसल वेलफेयर अवार्ड २०२५ प्रदान गरिएको छ। Season Media द्वारा आयोजित कार्यक्रममा देशभरबाट छनोट गरिएका १७ जना समाजसेवी व्यक्तित्वमध्ये थामी पनि सम्मानित भएकी हुन्।
सम्मान प्राप्तिपछि प्रतिक्रिया दिँदै उनले आयोजक संस्थाप्रति आभार व्यक्त गरिन्। उनका अनुसार यस्तो सम्मानले आफ्नो कामप्रतिको प्रतिबद्धता झनै मजबुत बनाएको छ। उनले यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि सामाजिक यात्रामा प्राप्त विश्वास र प्रेरणाको रूपमा लिएको बताइन्।

थामीले Season Media परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा सिर्जनात्मक कार्यमार्फत योगदान जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्। उक्त सम्मानले उनको सामाजिक तथा कलाकारितामूलक योगदानलाई थप उजागर गर्नुका साथै आगामी कार्यका लागि हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
















