संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौँमा आज संघीय संसदका दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ, जहाँ प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रस्ताव गर्नेछन्। सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पनि वाचन गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ, जहाँ प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्।