काठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको भावनात्मक गीत “निर्मोही” सार्वजनिक भएको छ। लोक र आधुनिक शैलीको सुन्दर मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको सुमधुर स्वरले छुट्टै मिठास थपेको छ।
गीतले मायाप्रेम र सम्बन्धका भावनात्मक उतारचढावलाई निकै सरल र मन छुने ढंगले प्रस्तुत गरेको छ। सशब्द, संगीत र स्वरको सन्तुलित संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।
भिडियोतर्फ क्यामेरा समीर राईले सम्हालेका छन् भने संगीत संयोजन सुरज गोपालीको रहेको छ। गीतको रेकर्डिङ सुरज म्युजिक प्रा.लि. मा गरिएको हो। दृश्य संयोजन र संगीतबीचको तालमेलले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ।
“निर्मोही” अहिले Bishnu Muri Official युट्युब च्यानलमा उपलब्ध छ। नयाँ वर्षको सुरुवातसँगै आएको यो गीतले तपाईंको मन पनि छुन्छ भन्ने विश्वास छ।
भिडियो लिंक :
















