काठमाडौ। केहि दिन अगाडी एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बिरुद्ध नारा लगाउंदै हिड्दै गर्दा एक जेष्ठनागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएसंगै गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्ब्यबहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको । यसै बिचमा गृहमन्त्री सुधन गुरुङले उक्त जेष्ठ नागरिक लाई ललितपुरको उहाकै निवासमा भेट्नु भएको छ।
गृहमन्त्री गुरुङलाई आफु पिडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ् दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन।गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए। उक्त घटनाले आफु निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताउनु भयो।
















