मनास्लु पोष्टको आयोजनामा “चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न भएको छ । राजधानीमा आयोजना भएको सो कार्यक्रममा एक तारा भाग ४ पुस्तक पनि विमोचन गरिएको छ । सो पुस्तकमा अवार्ड प्राप्त गर्ने सबै व्यक्तित्वहरुको जीवनी समावेश गरिएको छ । सो कार्यक्रममा पूर्व मन्त्री बालाराम घर्तीले हाम्रा पूर्वजहरुले घुँयत्रोले हाँनेर युद्धमा अङ्ग्रेलाई हराएको देश भएको बताउँदै नेपालीले विभिन्न विद्यामा गरेको उन्नति तथा प्रगतिमा खुसी व्यक्त गरे । त्यस्तै पुर्वमन्त्री घर्तीले हाम्रो देश सानो नभएको र प्राकृतिक सम्पदा तथा साँस्कृतिक तवरबाट धनी भएको बताए ।
विगत केही वर्ष अगाडी एक विद्या, एक स्टार भन्ने नाराका साथ सुरु गरेको मनास्लु मिडिया प्रालिका सन्चालक तथा मनास्लु पोष्टका सम्पादक मानबहादुर पुनले बताए । साथै उनले यो कार्यक्रम सफल पार्न साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै अबका दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा गरे । कार्यक्रममा अवार्डले हौसला दिने हाँस्य कलाकार खड्कबहादुर पुन (खबपु) ले बताए । कलाकार खबपुले अवार्ड नपाएको भए कमेडी च्याम्पियनमा पनि जान नसक्ने थिए कि भन्ने भावना व्यक्त गरे ।
अवार्डद्वारा सम्मानित हुनेहरुमा सर्वोत्कृष्ट मौलिक गायिका दिलु सलामी मगर, सर्वोत्कृष्ट गायक तथा संगितकार लक्षुप्रकाश मल्ल, ध्वनि सम्पादक रमेश सेन्च्युरी, समाजसेवी गिमान पुनमगर, हिकमत सिंह रोक्का मगर, सर्वोत्कृष्ट मौलिक गायक कुलबहादुर ओली, सर्वोत्कृष्ट बहुप्रतिभावान डिला बस्याल, बलबहादुर पुन, सर्वोत्कृष्ट पहिचान धनकुमारी गौचन, सर्वोत्कृष्ट प्रत्येक्ष दोहोरी गायक रत्न श्रेष्ठ, सर्वोत्कृष्ट मोडेल मिलन लामा, सर्वोत्कृष्ट प्रतिभावान गायिका मन्जु घर्ती, सर्वोत्कृष्ट प्रतिभावान गायक मिनप्रकाश ओली, समाजसेवी धनबहादुर खत्री, सर्वोत्कृष्ट गायक लिलबहादुर पुन, सर्वोत्कृष्ट गायिका पूर्णिमा बुढा, सर्वोत्कृष्ट गायक ज्ञानबहादुर विक रहेका छ्न । त्यस्तै, विशेष सम्मानमा रामबहादुर रसाइली सम्मानित भएका छन । लाईफटाईम अचिभमेन्ट अवार्डबाट लोकदोहोरी गायक तथा संगीतकार विन खाती सम्मानित भएका छन । लाईफ टाईम अचिभमेन्ट सहित विभिन्न १८ वटा विद्यामा अवार्ड वितरण गरिएको छ ।