महानायक बिबादबारे बोलिन् नायिका तथा मोडल आशा भुसाल, दिपा श्री निरौलालाई दिईन् यस्तो दनक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

केही साता अघि दिपा श्री निरौलाले महानायक राजेश हमालको बिषयलाई लिएर बोलेको कुरा सामाजिक सञ्जालमा भाईरल भएको थियो र अझै पनि सोही बिषयमा कुरा, जिज्ञासाहरु आईरहेका छन् । चलचित्र क्षेत्र र अन्य क्षेत्रका कलाकारहरुले राजेश हमाललाई महानायक हुन् भनेर समर्थन गर्दै दिपा श्री निरौलालाई गाली गरिरहेका छन् ।

केहि दिन अघि दिपकराज गिरी र दिपा श्री निरौलाले सामाजिक सञ्जाल मार्फत माफी मागेको अवस्था पनि छ । माफी मागेतापनी दिपा श्री निरौलालाई गालीको बर्षा आईरहेको छ । सायद नेपाली चलचित्र जगतमा धेरै पढेको नायक मध्य राजेश हमाल र केही नायक नायिकाहरु मात्र होलान् ।

कतिपयले दिपा श्री निरौलालाई समर्थन गरेका छन् भने धेरै भन्दा धेरैले राजेश हमाललाई समर्थन गरेको पाईन्छ । कुनै बेला राजेश हमालको टाउको पोस्टरमा राखेर दर्शक तान्ने समय पनि थियो । राजेश हमालको टाउको फिल्मको पोस्टरमा राख्नका लागी भएतापनि थोरै सिनमा मात्र भएनी खेलाउने चलन थियो । अहिलेपनि राजेश हमालको क्रेज उस्तै छ ।

राजेश हमाललाई बच्चा देखी बृद्ध सम्म सबैले चिन्छन् र मन पनि पराउछन् । त्यसैलेपनि उनले महानायकको उपाधी पाएका हुन् । यसै बिषयमा आधारित रहेर नायिका तथा मोडल आशा भुसालले राजेश हमाल र दिपा श्री निरौलाको बिषयलाई लिएर आफ्नो सामाजिक सञ्जालमा केही कुरा लेख्ने प्रयत्न गरेकी छिन् ।

उनले लेखेकी छिन् “केही समय यता नेपाली चलचित्र क्षेत्रमा महानायकको बिषयलाइ जोडेर देखिएको बिबाद मलाइ लाग्छ तिललाई पहाड बनाउन खोजियको जस्तो मात्र हो । म एक कलाकार भएको कारणले सबै कलाकारलाई उत्तिकै सम्मान गर्छु र महानायकको सवाल मा महनायक राजेश दाइ नै हो ।

यसमा कुनै दुई मत नै छैन तर मान्छेको गल्ती मात्र निकालेर बस्नु पनि त्यति उचित लाग्दैन मलाइ । बोल्ने क्रममा कतै मिस्टेक भयो होला, उहाँले मैले भन्न खोजेको अर्थ गलत थिएन भनेर माफी पनि माग्नु भयो तर यसैलाइ जोडेर तिललाई पहाड बनाएर ब्यक्तिगत जिबनमा नै आँच आउने खालको क्रियाकलाप कसैले नगरम मेरो अनुरोध छ । फेरि यस्को अर्थ मैले कसैलाइ समर्थन गर्न खोजेको पनि हैन ।

म सबै कलाकार साथीहरुलाई यति सम्म अनुरोध गर्न चाहन्छु कि हामी एक जिम्मेवार ब्यक्तिले दिएको अभिब्यक्ति निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामिले बोल्दा मिडियामा या सामाजिक सञ्जालमा होस् निकै सोचेर बोल्नु पर्छ। अब एक पछि अर्को, अर्को पछि अर्को बिबादमा आउने काम हामी कलाकारले बन्द गरम । एक ब्यक्तिको अभिब्यक्तिको कारणले सिङ्गो चलचित्र क्षेत्रकै बदनाम नहोस् ।

म यो आग्रह गर्न पनि चाहान्छु । म अहिले यो ठाँउमा पुगें भन्दैमा हिजोको पृष्ठभुमिलाई बिर्सनु हुदैन। आफनो बिगतलाई पनि बिर्सन हुन्न । अहम्ता घमण्ड देखाउनु हुन्न । घमण्डले आफैलाई नास गर्छ ।”