भ्रमित समाचार प्रती क्षमा प्रार्थी छौ ।

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

श्री जो जससँग सम्वन्धीत छ।

विषयः माफी मागेको सम्वन्धमा ।

महोदय,

मेरो नाममा दर्ता रहेको बल्र्ड वाइड मल्टी मिडिमा सेन्टर प्रा.लि.द्धारा मिति २०७६।१२।२० गतेको मिति कायम गरी मिति २०७६।१२।२५ गते प्रकाशित हाईटेन्सनको तार चोरेर घरमा लुकाउने म्याग्दी कांग्रेसका इन्द्र बहादुर वि.क. प्रहरीको तारेकमा, थप कारवाहीको माग गर्दै स्थानीयवासीहरु नाम दिई प्रेषित समाचार झुठ्ठा एवम कपोकल्पित हो । मेरो मल्टी मिडियामा म नभएको अवसरमा काम गर्ने स्टाफले उक्त समाचार के कुन श्रोतका आधारमा प्रकाशित गरे म आफैले कामगर्ने स्टाफ माथि आवश्यक अनुसन्धान गर्दै आएको छु । हाल कोभिड–१९ ले गर्दा कामगर्ने स्टाफ घरमा गएका, श्रोत पत्ता लाग्न नसकेको कारणले आधिकारिकता छानवीन गरेको समेत जानकारी गराउँदछु । मैले समेत सो समाचार मिति २०७६।१२।२६ गते पढेको हो ।

यो समाचार झुठ्ठो, असत्य लागेकै कारण अनलाइनबाट डिलेट गरेको थिए । उक्त समाचार शिर्षक अन्तर्गत इन्द्र बहादुर विश्वकर्माको व्यक्तिगत रुपमा उहाँ कहाँको शिक्षक हुनुहुन्छ मलाई जानकारी छैन। मल्लाज भएका घटनाका बारेमा म अनभिज्ञ छु, तसर्थ समाचार शिर्षकको पेटवोलीमा उल्लेखित हाइटेन्सन लाइनको तार चोरेर कौशीमा लुकाएर राखेको कथन मलाइ थाहा छैन । इन्द्र बहादुर वि.क.को व्यवहार कस्तो मलाई थाहा छैन, विद्यालयको प्रधानाध्यापकको नाम पनि मलाई थाहा जानकारी छैन । हाल इन्द्र बहादुर विश्कर्माले कुन विद्यालयमा अध्यापन गराउनु हुन्छ थाहा जानकारी छैन । जलजला वडा नं. २ का वडा अध्यक्षसँग मेरो फोन सम्र्पक पनि भएको छैन, उहाँलाई उद्वत गर्दै समाचार कसरी प्रकाशित गरियो म झनै आश्चर्य चकितमा परे, वडा अध्यक्षसँग समेत मैले अनलाइन मार्फत माफि माग्न चाहन्छु ।

इन्द्र बहादुर विश्वकर्माज्यूको महभिरवासीले के भनेका छन, कुनै प्रमाण र आधार विना समाचार उद्वत गरिएको रहेछ । इन्द्र बहादुर विश्वकर्माको गाउँसमाजमा उनी कुन खानदानका हुन, मलाई थाहा छैन, उहाँको व्यक्तिगत चरित्र हत्या गर्ने नियतले सो समाचार संप्रेषण गरेको देखिन्छ । उल्लेखित विना प्रमाण र आधारबाट उक्त शिर्षकमा छापिएको समाचार गलत र भ्रामक भएका कारण नै अनलाइनबाट डिलेट गरिएको हो । समाचार मैले एक पटक पढ्नु पर्ने हो हतारमा मिडियामा काम गर्ने स्टाफबाट उक्त समाचार प्रकाशित गरिएको हुँदा विना प्रमाण समाचार संप्रेषण गर्ने उपर आवश्यक छानवीन गरेको छु ।

उक्त समाचार मेरो नाममा दर्ता रहेको मिडियाबाट प्रकाशित भएको हुँदा इन्द्र बहादुर विश्वकर्मा, वडा अध्यक्षज्यू, प्रधानाध्यापकज्यू, स्थानीयवासी प्रति क्षमा माग्दछु । मेरो अनलाइन समाचारको केहि दिन प्राविधिक गडवडी भएको भएको कारण आइडी नम्बर नै परिवर्तन गर्नुपरेको हाल कोभिड–१९ ले ढिला हुन गएको समेत सवैमा सादर अनुरोध गर्दछौं ।

प्रकाश बराइली
प्रकाशक/सम्पादक
वल्ड वाइड टि.भी. नेपाल डटकम स-परिवार
वल्ड वाइड मल्टीमिडिया सेन्टर
ललितपुर महानगरपालिका
सम्पर्क नं. ९८५११९५२९०