प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल
यही मंसिर २४ गते सुरु भएको “१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” मंसिर २८ गते सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा गोबिन्द बहादुर शाहीको अध्यक्षता र राज्यका निर्देशक सिद्धान्तका सभापती निरा जैरुको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमलाई सोही कार्यक्रमकी सह संयोजक गीता पाण्डेले सञ्चालन गरेकी थिईन् ।
कार्यक्रममा बेद प्रसाद भट्टराई, कृष्ण प्रसाद धिताल, चरण प्रसाई, गौरी प्रधान, गोबिन्द आचार्य, सुवास खतिवडा, भक्त बिश्वकर्मा, मोतिलाल नेपाली, मिडिया समन्वय समितीका संयोजक, त्रिलोक चन्द बिश्वास बिक, सुदुर पश्चिम प्रदेश संयोजक देबी खनाल, कर्णली प्रदेश संयोजक कबिन्द्र शाही, लुम्बिनी प्रदेश संयोजक पोम नारायाण पौडेल, गण्डकी प्रदेश संयोजक राम चन्द्र पौडेल, बागमती प्रदेश संयोजक बुद्ध शरण लामा, प्रदेश नं. २ संयोजक धिरेन्द्र सिंह, प्रदेश नं. १ संयोजक देबेन्द्र बिक लगायत थुप्रै मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सुरुवात देखी अहिले सम्मका गतिबिधिहरु संगै हरेक प्रदेशमा मानव अधिकारको अवस्था र कार्यान्वयन संगै हरेक प्रदेशमा हाल सम्म के कस्तो कार्यक्रमहरु सम्पन्न भए भन्ने बारेमा छलफल भएका थिए । यस अभियानमा १५० भन्दा बढी संघ संस्थाहरु आबद्ध रहेको कुरा मिडिया समन्वय समितीका संयोजक त्रिलोक चन्द बिश्वास बिकले जानकारी गराएका छन् ।
कोभिट १९ का कारण यस अभियान अझै बृहत गर्न नसकेको बताउदै आगामी प्रत्यक बर्ष यस अभियानलाई निरन्तरता दिदै जाने कुरामा जोड दिदै अध्यक्ष गोबिन्द बहादुर शाहीले यस अभियानमा जोडिने र साथ दिने सबै प्रति आभार प्रकट गर्दै कार्यक्रम बिर्सजन गरेका थिए ।