स्वास्थ्य सेवामा सबैको पहुँच विस्तारका लागी “मानवअधिकार राष्ट्रिय महाभेला-२०७७” देशभर मनाईने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौँ, २३ मङ्सिर (रासस) 

७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा “Recover Better Stand for Human Rights” भन्ने अन्तर्राष्ट्रिय नारा र “महामारीमा मानव अधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार” राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ देशभर मनाईने भएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको आज ७२ वर्ष पुगेको अवसरमा नेपालमा पनि जनस्वास्थ्यलाई मानव अधिकारको मुख्य विषय मानेर सात वटै प्रदेश र ७७ वटा जिल्लामा महाभेलाका गतिविधिहरु हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ का संयोजक गोविन्दबहादुर शाहीले जानकारी दिनुभयो ।

विश्वभरी फैलिएको कोरोनाको संक्रमणका कारण जनस्वास्थ्यका मापदण्डहरु पालना यो वर्ष भर्चुअल रुपमा कार्यक्रमहरु हुने तय भएको छ । मंगलबार ( मङ्सिर २४ –२९ गते) देखि पाँच दिन सम्म सञ्चालन हुने महाभेलाको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गबाट समुद्घाटन हुनेछ भने महाभेला मङ्सिर २८ गते सम्पन्न हुनेछ ।

मुलुकभरका मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाहरुको सक्रिय सहभागिता हुनेछ । देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्यविषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रमहरु हुन छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) लाई वृहत रुपमा मनाउन सन् २००९ मा नेपालमा मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाहरुको अगुवाईमा मानव अधिकार राष्ट्रिय महाभेला आयोजना गरी राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ ।

महाभेलामा मुलुकमा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुको आवद्धता रहेको छ । वार्षिक रुपमा मानवअधिकार महाभेल विभिन्नभिन्न संस्थाहरुले संयोजन गर्ने परम्परा रहेको छ । बाह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको संयोजन कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), सहसंयोजन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र मानवीय जवाफदेहीता अनुगमन अभियान (हामी) ले गर्न नेपालका नागरीक संगठनको भेलाले मनोनयन गरेकोे छ ।

कोभिडका कारण अल्पबिकसित तथा गरीव राष्ट्रहरुमा ब्यबस्था मिलाउन अहिलेको टट्कारो आबश्यक्ता देखिएको र कोभिड महामारीका कारण मानव अधिकारको अवस्था जटिल बनिरहेको महाभेला मूल आयोजक समारोह समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘ऐन कानुनमा मानव अधिकारको प्रष्ट व्याख्या भएतापनि कार्यान्वयनको पाटोलाई अझ प्रभावकारी बनाउनु पर्ने देखिन्छ’– विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा जातिय, लैगिक, क्षेत्रीय तथा भाषिक रुपमा पनि मानव अधिकार उल्लंघनकाघटना बढेको महसुस भएको छ, जातिय विभेद, छुवाछुत, वलात्कार, हत्या, हिंसा लगायतका घटनाहरु दिन प्रतिदिन वढ्दो दरमा भईरहेका छन, यस्तो अवस्थामा सवै क्षेत्रवाट एकजुट भई मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्ने देखिन्छ ।’

यो महाभेलाले मुलुकमा रहेको मानव अधिकारको अवस्थालाई चित्रित गर्ने, मानव अधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्ग निर्देश गर्ने, मानव अधिकारप्रतिको प्रतिवद्धता कार्यान्वयन गराउन जिम्मेवारी वोध गराउनका साथै ऐक्यवद्ध आवाज निर्माण गनका साथै यो अभियानलाई सशक्त र प्रभावकारी बनाउन आह्वान गरिएको छ ।

 

स्रोत : कालिका खड्का
महासचिव
मानव अधिकार पत्रकार संघ (हुर्जा)