काठमाडौँ – हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक भएको छ । “याद” बोलको लिरीकल गीतमा गायिका गौरी गुरुङ्ग लिम्बुको आवाज रहेको छ । गीतमा कुमार मिश्राको शब्द रहेको छ भने संगीत कर्मा ग्याछेन बोम्जनको रहेको छ ।
गीतमा माया प्रेमका भावहरु समेटिएका छन् । टाढा रहेको आफ्नो मायालुको याद सपनिमा मात्र आउने हुनाले बिपनीमै आउ भन्ने जस्ता भावहरु गीतमा समाबेस गरिएको छ ।
फनिन्द्र राईको एरेन्ज रहेको गीतलाई मिन बिष्टले मिक्सीङ्ग गरेका हुन् ।
सधैं याद मात्रै आँउछौ
अब त तिमी आँफै आउ
केवल सपनिमा आँउछौ
अब त (बिपनि मै आउ)
सधैं याद मात्रै आँउछौ
हेर्नुहोस् भिडियो