भारतको मुम्बई स्थित गोरेगाउ मोतिलान नगर नम्बर १, हात्तिसर्कलमा बिग परिबेश स्टुडियोको शाखा उद्घाटन भएको छ । सो स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यता संगै थुप्रै प्रबासी नेपाली कलाकारको उपस्थितीमा उद्घाटन गरिएको हो ।
नेपाली गीत संगीतलाइ प्रबासमा बसेर पनी संरक्षण गर्न सकिन्छ भन्ने उदाहरणीय कुरा हो । यस स्टुडीयोका सञ्चालक गायक, संगीतकार तथा एरेञ्जर भुवन प्रकाश बडु हन् । नेपाली गीत संगीतलाई देश तथा बिदेशमा फैलाउन र संरक्षण गर्नका लागी भारतमा स्टुडियो खोलिएको भुवन प्रकाश बडुले बताए ।
प्रमुख अतिथीको रुपमा रहेकी चर्चित गायिका दीपा नारायण झाले रिबन काटेर यस स्टुडियोको उद्घाटन गरेकी हुन् । दीपा नारायण झाले उद्घाटनको क्रममा स्टुडियोलाई सफलताको लागी अग्रिम शुभकामना दिदै भारतमा नेपालीहरुको पहिलो स्टुडियो स्थापना भएको बताईन् ।
https://www.youtube.com/watch?v=WMayj6iMtN4