समाजसेबी पाल्देन लामा एकपछि अर्को उदाहरणीय कार्य गरेर चर्चामा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाण्डौ।  रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका-५ गुन्सालका पाल्देन लामा, सबैलाई प्रेरित बनाउने साधारण परिवारमा जन्मेका लामाको जीवन सैलिले जोकोहीको मन जित्न सक्छ। गाउबाट सुरु गरेको राजनीति यात्राले बिश्राम लियो भने, शहर पुगेपछि हजारौ पिडितको सेवामा समर्पित हुन पुगेको नाम हो पाल्देन लामा भन्दा फरक नपर्ला।

सामान्य नागरिक लामाको छोटो तर प्रभावकारी राजनैतिक यात्रा।
सामान्य नागरिक लामा गाउ समाजमा केहि गर्न पर्छ भन्ने मनसायले बिगत २०५६ सालदेखी निरन्तर रूपमा नेकपा माओबादी केन्द्र पार्टीका क्रियाशील कार्यकर्ता बन्न पुगे।
जब २०७५ सालको जेठ महिनामा नेकपा एमाले र नेकपा माओबादी पार्टी एकीकरण भयो त्यस पश्चात लामा नेपाल कम्युनिष्ट पार्टीका सदस्यता लिएको देखिन्छ।
पार्टी विभाजनपछि उनि नेकपा माओवादी केन्द्रमै निरन्तर रहे। २०७९ को स्थानीय चुनावमा उनको पहलमा आफ्नो दोरम्बा शैलुङ गाउँपालिकाको प्रतिनिधि लाई जिताउन विशेष भूमिका खेल्ने क्रममा बिपक्ष पार्टिका कार्यकर्ताद्वारा उनि माथी आक्रमण भयो, चुनावी मैदानमा होमियाका लामालाई अनेक चुनौतीको बाबजूद पनि उनले आफ्नो योजना, जनप्रतिनिधिलाई जिताएरै छाडे भने अहिले आफैले जिताएका प्रतिनिधिहरुले आफ्नो कुरा नसुनेको भन्दै अहिले लामा रुष्ट बन्दै तठष्ट बसेका छन्।

सालिन र भद्र लामाको संघर्ष र सामाजिक कार्य।
लामा पार्टीको कार्यकर्ता मात्र नभएर एक समाजसेवी पनि हुन, सानैदेखि सामाजिक कार्यमा अग्रसर हुने लामा २०६४ को स्थानीय चुनाब पछि बैदेशिक रोजगारको शिलशिलामा कतार गए। भनेको जस्तो काम र दाम नपाएपछि ३ महिनामै नेपाल फर्कनु पर्यो, बिदेशबाट फर्केपछि उनले काठमाडौको न्युरोडमा रिक्सा चलाउदै मजदुर संगठनहरुसँग आबद्ध भए, मजदुरको हकहितमा बुलन्द आवाज बन्दै पिडितको पक्षमा सधै खम्बा बनेर उभिने लामा आफ्नो पेशालाइ पनि निरन्तरता दिइरहे।
आफ्नो पेशा सँगै अन्य मजदुरको समस्या उनि सधै निस्वार्थ भावनाले काम गर्दै आए, देशमा नाकाबन्दी र लकडाउनका बेला समस्यामा परेका हरेकलाई देशभक्त सुरक्षाकर्मीको सहयोग र सहकार्यमा गाउँ घरसम्म पुर्याउनेदेखी नाकाबन्दीमा पेट्रोल, डिजेल र ग्याँसको हाहाकार हुदा पनि समयमै अत्याआवस्यक कुरालाई उपलब्ध गराउदै एउटा गतिलो उदाहरणीय कार्य गरेका थिए, यहि साल २०८१ मा आफ्नै गाउमा गएको बाढी पहिरो पिडितलाई चार लाख भन्दा बढी सहयोग जुटाउन सफल भएका थिए भने छ वटा बिद्यालयका भाइबहिनीहरुलाई झोला साथै स्टेशनरी सामानहरु बितरण लगायतका उदाहरणीय कार्य गरेर लामा सबैको प्रिय समाजसेबी बन्न पुगेका छन्।

राजनीतिबाट रुष्ट बनेर तठष्ट बसेका लामा आजभोलि के गर्दैछन?
बिदेशक रोजगारमा गएर फर्किनु परेको पीडालाई नजिकबाट नियालेका लामाले पछिल्लो दुइ महिनादेखि सक्रियरुपले बैदेशिक रोजगारबाट ठगिन पुगेका पिडितहरुको सारथि बन्दै आएको देखिन्छ। पछिल्लो दुइ महिना भित्रको परिणामलाई हेर्ने हो भने विभिन्न निकायसंग पहल गर्दै, बिदेशमा अलपत्रमा परेका कयौ दाजुभाई तथा दिदीबहिनीलाई उद्दार गरिसक्नु भएको छ।
केहिदिन अगाडि चिया गफमा हामीले उनिसँग बैदेशिक रोजगारमा गएका र अन्यायमा परेकाहरुको उद्वार बारे कुरा गर्दा, उनले भने।

बैदेशिक रोजगारको सिलसिलामा अन्याय खेपिरहेका पिडितहरुलाई सहयोग गर्छु भन्ने केहि संघ सस्था वा विभिन्न स्वघोषित समाजसेविबाटै पिडा भोगेको घटना जानकारी पाएपछि पिडितहरुको उद्वार र ति पिडितहरुलाई कसरि न्याय दिन पर्छ भन्ने कुरा देखाइदिन, पिडितहरुका पिडामा मल्हम लगाउन र तिनै पिडितहरुको उद्वारको नाममा ब्यापार गर्न सटर खोलि बसेका केहि व्यापारीहरुलाइ निस्तेज पार्न मैले असहाय पिडित दाजुभाइ दिदीबहिनीको सारथि बनेको हु। आफुलाई पिडितहरुको मसिहा भनेर चिनाउने अभियन्ताहरुले उद्दारको नाममा ठगि गरी पीडितलाई उल्टै पीडित बनाईएको र सो पीडित आफुसँग आईपुगेको लामाले बताए।

बैदेशिक रोजगारमा गएर ठगिएका अलपत्र परेका दाजुभाइ दिदीबहिनीको उद्वार गर्ने क्रममा मानव तस्करहरुले लामालाई बिचौलियाको स्थानमा राख्दै पैसाको बार्गेटिङ्ग सम्म गरेको बताउछन।