युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

इटहरी १५ वैशाख

युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च “निससहाय वाल आश्रम” “माया घर” इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए ।

युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह भएको हो । प्रफुल्ल मुद्रामा प्रतिकृया दिदैं कार्कीले भने, “यो लकडाउन को वीच समय र परिस्थिति अनुसार सिमित पारिवारिक सदस्य वीच भौतिक दुरिलाई अपनाएर विहेको सांस्कृतिक कार्य सम्पन्न गरे, ।”  विश्वनै रुईरहेको अवस्थामा हाँसी हाँसी बिहे गर्नै मनले पटक्कै मानेको थिएन तर पूर्व निर्धारित मिति, लगन र पारिवारिक निर्णयलाई रोक्नु अवान्छित लाग्यो, कार्कीले भने ।

युवा उद्धमी कार्कीले यो लकडाउनलाई जसरी भौतिक दुरी कायम गरेर ज़िम्मेवार नागरिकको कर्तव्य पूरा गरे समाजसेवी सोचका उनले विहेको पार्टीमा लाग्ने खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममालाई निरन्तर दिए ।

प्रदेश नंवर १ को लोकप्रिय टेलिभिजन एरिना टेलिभिजनको प्रमुख कार्यकारी कार्की ‘इन्नोभेटिभ आइडिया’का अभ्यासकर्ताका रुपमा परिचित छन । नव दुलही थापा समेत जीवनकै महत्वपूर्ण क्षणलाई परोपकारी क्षेत्रमा जोडिन पाउँदा आफूलाई अत्यन्त आनन्द आएको प्रतिकृया दिन्छिन ।