दुबै मृगौला फेल भएकी “सम्झना बिष्ट बचाउ अभियान” सहयोगार्थ सुरु, पहिलो दिन रु. १,३७,९२५ /- रकम उठ्न सफल

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल

“मानव सेवा नै धर्म हो” भन्ने मुल आशयका साथ पुस १२ गतेका दिन दुबै मृगौला फेल भएकी रुपन्देही स्थित सैनामैनाको मुर्गिया निवासी सम्झना बिष्ट बचाउ अभियान सहयोगार्थ साँस्कृतिक कार्यक्रम – २०७६ को सुरुवात भएको छ । यस कार्यक्रम पुस १६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

सो कार्यक्रम भक्त बहादुर थापाको अध्यतामा सम्पन्न भएको थियो भने सैनामैना नगरपालीकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय पुर्व अध्यक्ष र सोही संस्थाका केन्द्रिय प्रशासनिक सचिव कृष्ण रेउले, सैना मैना ३ नं वडा अध्यक्ष रत्न बहादुर पौडेल, सैनामैना ईलाका प्रहरी कार्यालयका ईलाका ईन्चार्ज महेश श्रेष्ठ लगायत अन्य रहेका थिए ।

उक्त कार्यक्रमको संयोजकको रुपमा नारायण भुषाल, कार्यक्रम ब्यवस्थापक राज कुमार रायमाझी रहेका थिए भने कार्यक्रमको सञ्चालन ऋषी न्यौपानेले गरेका थिए । कार्यक्रममा अतिथी कलाकारहरुको रुपमा चन्द्र शर्मा, कृष्ण रेउले, सुर्य पुर्वछाने मगर, कमल ओली, लक्षु प्रकाश मल्ल, सिता राना, बसन्त लम्साल, रञ्जिता थापा मगर, मुना रोक्का लगायत अन्य कलाकारहरु रहेका थिए ।

यस कार्यक्रमलाई थप सफल बनाउन बिभिन्न संघ संस्था, समाजसेवी ब्यक्तीत्व र पत्रकारहरुबाट सहयोग प्राप्त भएको थियो । पुस १२ गते पहिलो दिन सम्झना बिष्टलाई बचाउ अभियानका लागी रु. १,३७,९२५ /- (अक्षरुपी एक लाख सैतिस हजार नौ सय पच्चिस रुपैया मात्र) सहयोग रकम उठ्न सफल भएको छ ।

पुस १३ गते कार्यक्रमको दोस्रो दिन रुपन्देहीको बुद्धनगरमा करिब दिनको १२ बजे चर्चित गायिका राधिका हमाल लगायत अन्य कलाकारहरुको प्रस्तुतीका साथ कार्यक्रम सञ्चालन हुने आयोजक पक्षले बताएको छ ।