काभ्रे जिल्ला नवबुद्ध नगरपालिका (साविकको मेथिन्कोट गाविस) मा जन्मिएका एस के (सुरेन्द्र कुमार) दाहाल हाल: नेपाली लोक सांगितिक क्षेत्रमा चर्चित मोडल हुन । २०६२ सालको एसएलसी पछि काठमाडौंमा आएका दाहालले आधुनिक गीत, नेपाली फिल्म र लोकगीतमा गरी करिब ४ सयको हाराहारीमा नृत्य प्रस्तुत गरिसकेका छन ।
कोरस नृत्यबाट आफ्नो अभिनय सुरु गरेका उनले हालसम्म ३ सयभन्दा बढिमा मोडलको भुमिका निवार्ह गरेका छन । दाहालले पहिलो मुख्य भुमिका ‘पूर्णिमाको जुनमा पनि दाग छ’ लोक गीतको म्युजिक भिडियोबाट सुर गरेका थिए । उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै, जिरे खुर्सानी लगायत आधा दर्जन भन्दा बढि टेलिसिरियलहरुमा पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।
दाहाल पछिल्लो समयमा नेपाली मोडलिङ क्षेत्रमा बढ्दै गएको विकृति प्रति असन्तुष्ट पनि छन । उनि भन्छन् ‘ यहि क्षेत्रमा रुचि राख्ने नयाँ र पैसा नभएका व्यक्तिहरुलाई ठाउँ पाउन गाह्रो छ । यो हाम्रा लागि चुनौतिको विषय हो । नेपाल चलचित्र संघ जस्तै यस क्षेत्रमा पनि नियमन गर्ने निकायको आवश्यक छ ।’ केहि संघसंस्थाहरु भए पनि खासै उल्लेखनिय काम नभएको दाहालको भनाई छ ।
एक त नियमन गर्ने निकाय नहुदाँ र भएका संघसंस्थाहरुले पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा यस क्षेत्रमा जस्तासुकै व्यक्तिको प्रवेश भएको दाहालको दाबी छ । यसले गर्दा यसै क्षेत्रमा रुचि राख्ने, क्षेमता भएका, यसमै केहि गर्छु भन्ने तर पैसा नभएका व्यक्तिका लागि अवसर कम भएको उनी बताउछन ।
नेपाली मोडलिङ क्षेत्रमा चासो राख्ने जो कोहिलाई पनि नृत्य सिकेर मात्र यो क्षेत्रमा प्रवेश गर्न आग्रह दाहालको छ । यसरी सिकेर वा केहि ज्ञान बटुलेर आँउदा आईपर्ने समस्या तथा चुनौतिलाई समाधान गर्न सकिने पनि उनको भनाई छ ।
नेपाली मोडलिङ क्षेत्रमा काम गर्दा निकै संघर्ष गरेका उनले चैत बैशाखको टन्टलापुर घाममा कोरस नृत्य गर्दाको अविष्मरणीय क्षण पनि सम्झिछन । दाहाल भन्छन ‘नगरकोटको डाडाँमा पानी र दालमोड खाएर पनि कोरस नृत्य गरेको छु ।’
दाहालले हालसम्म आधा दर्जन भन्दा बढि अवार्डबाट पनि सम्मान पाईसकेका छन् । हाल उनले आफ्नो रेष्टुरेन्ट व्यवसायमार्फत केहि व्यक्तिलाई रोजागारी समेत दिईरहेका छन ।