दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

दलित समुदायको अधिकार प्राप्तिका लागि अनवरत रुपमा काम गरेका दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न भएको छ । उनले आफ्नो जीवनकालमा दलित समुदायप्रति गरेको योगदानको सम्मmना गर्दै उनको तस्विरमा माल्यार्पण गरिएको हो । सो कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै हिरालाल विश्वकर्माले स्व.प्रतामराम लोहारको जीवनमा गरेका सबै गतिविधिलाई समेटेर जीवनी तयार पार्दै गरेको बताए । साथैै उनले जीवनी अब छिट्टै बजारमा आउने जानकारी गराए । स्व. प्रतामराम लोहारले राजनीति क्षेत्रमा र सामाजिक क्षेत्रमा विभिन्न तरिकाले गरेको संघर्षबारे जीवनीमा समेट्ने प्रयास गरेको पनि हिरालाल विश्वकर्माले बताए ।

स्व. प्रतामराम लोहारको योगदानलाई उच्च कदर गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष्य त्रिलोक चन्द विश्वास विकले लोहारले गरेका विविध कार्यको अनुसरण गर्नुपर्ने बताए । त्यस्तै, स्व. लोहारले राजनीतिमा रहँदा दलित आरक्षण, दलित छात्रवृद्धि अनाथलय लगायतका क्षेत्रमा ठुलो यागदान पु¥याएको पनि अध्यक्ष्य विकले जानकारी दिए । सोहि अवसरमा अध्यक्ष्य विकले अहिलेका दलित नेता तथा नेतृहरुले दलित समुदायप्रति कस्तो भमिका निर्वाह गरिरहेका छन त त्यसको समिक्षा गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रमम बोल्ने सबै वक्ताहरुले स्व. प्रतामराम लोहारको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा उपस्थित सबैले स्व. प्रतामराम लोहारको तस्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

स्व. प्रतामराम लोहारको मिति २००० साल भाद्र २४ गते दार्चुला जिल्लामा भएको थियो भने स्वर्गरोहण २०७४ भाद्र २३ गते काठमाडैंमा भएको हो । स्व. लोहार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संस्थापक अध्यक्ष समेत हुन ।