उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

भदौ ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता – २०७६ सम्पन्न भएको छ ।

सो प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो भने सोही संस्थाका केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु शिब हमाल, राजु ढकाल, देबी घर्ती, कृष्ण आाशु , उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, बरिष्ठ उपाध्यक्ष सुजन लम्साल, प्रथम उपाध्यक्ष राजकुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सचिब प्रकाश दुतराजले गरेका थिए । प्रमुख अतिथी रमेश बिजीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रतियोगीतामा ८ वटा समितीले भाग लिएका थिए ।

यस प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अन्तर्गतको ललितपुर समिती प्रथम, कमलादी समिती द्धितिय, ठमेल समिती तृतिय, अनामनगर समिती र लालिम्पाट समिती सान्त्वना भएका छन् । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

तीज गीत प्रतियोगीतामा प्रथम पुरुस्कार रु. ३३,४००, द्धितिय पुरुस्कार रु. २२,३००, तृतिय पुरुस्कार रु. ११,२००, सान्त्वना पुरुस्कार रु. ६५,०० रकम र प्रमाण पत्र रहेको थियो । उक्त कार्यक्रममा कलाकार, समाजसेबी, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष रमेश बाबु थापाले सुरुवात गरेको कार्यक्रमलाई निरन्तरता दिएको हालै निर्वाचित अध्यक्ष अञ्चल शाहीले बताउनुका साथै निवर्तमान अध्यक्ष रमेश बाबु थापा सँग अंकमाल गरेका थिए ।