नेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा वरिष्ठ कलाकार सरिता लामेछानेले उम्मेदवारीको घोषणा गरेकी छिन् । यही चैत २३ गते हुने नेपाल चलचित्र कलाकार सघंको निर्वाचनका लागि लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै, आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । साथै उनले सहयोगको अपिल समेत गरेकी छिन् ।
यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हाली सकेकी लामिछाने विसं. २०५५ सल्लादेखि निरन्तर कलाकारिता क्षेत्रमा आवद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय शुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायतका टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।
पछिल्लो समय उनले चलचित्र क्षेत्रमा समेत अभियन गरेकी छिन् । उनले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।