YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं,  जेट १८ देखि २० सम्म: योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ। सम्मेलनको पूर्वसन्ध्यामा बसेको YCL केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष पदका लागि रामेछाप सैपूका ३६ वर्षीय शंकर सिंह पौडेलको नाम चर्चामा आएको छ। YCL निकट उच्च स्रोतका अनुसार, बैठकमा अध्यक्ष पदका लागि १३ जनाले दाबी प्रस्तुत गरे पनि पौडेलको सम्भावना सबैभन्दा प्रवल देखिएको छ।

हाल YCL नेपाल केन्द्रीय निर्वाचन आयोगको प्रमुख रहेका पौडेल कुनै गुटविशेषमा नरहेकाले उनलाई स्वच्छ र स्वीकार्य उम्मेदवारका रूपमा हेरिएको स्रोतले जनाएको छ। १४ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका पौडेल २० वर्षको उमेरमै अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि २६ वर्षको उमेरमा उनले अखिल क्रान्तिकारीको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हालेका थिए।

माओवादी निकट YCL तथा अखिल क्रान्तिकारी STF फोर्सका उपत्यका सचिव तथा कमान्डरको हैसियतमा पौडेलले शहरी आन्दोलन र सशस्त्र संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। आन्दोलनकालीन अनुभव, संगठकीय क्षमता र हालसम्मको निष्पक्ष भूमिका उनका प्रमुख बलका रूपमा देखिएको स्रोतको भनाइ छ। YCL र माओवादी पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किंदै गएको अवस्थामा पौडेलको सम्भावित अध्यक्ष सम्बन्धमा गम्भीर छलफल सुरु भएको बताइएको छ। सम्मेलनमा अन्तिम निर्णय हुने भए पनि नेतृत्वको दौडमा पौडेलको नाम अग्रपंक्तिमा रहेको बुझिएको छ।