बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

हामि गर्नेछौ, गर्दै जानेछौ |

७  चैत्र रामेछाप । रामेछाप जिल्लामा एक संघिय निर्वाचन क्षेत्र र दुइ प्रदेश निर्वाचन  क्षेत्र रहेको छ । संघिय निर्वाचन क्षेत्रमा नेपालि कांग्रेसका नेता पुर्ण बहादुर तामाङ तथा   प्रदेश निर्वाचन क्षेत्र क तर्फ  नेकपा माओवादि केन्द्रका जिल्ला पार्टि सचिव तारानारायण श्रेष्ठ र निर्वाचन क्षेत्र ख  तर्फ नेकपा माओवादि केन्द्रका  केन्द्रिय सदस्य तथा प्रभावशालि युवा नेता युवराज चौलागाई निर्वाचित भएका छन् |

रामेछाप जिल्ला  बिकाशमा पछी पारिएको जिल्ला हो, चाहे पंचायतकाल होस् , बहुदल होस् वा गणतन्त्र  पश्चात होस् या  क्षेत्रीय राजनीतिको चपेटाको कारण होस् | धेरै पछी  राष्ट्रिय सडक संजालमा जोडिएको रामेछाप जिल्ला अन्य बिकाशक्रममा समेत धेरै पछी धकेलिएको छ| सदरमुकाम मन्थलीलाइ किनारमा राखेर बगेको तामाकोशीले २ क्षेत्रमा बाडेको भूगोल तथा जनयुद्धले पूर्वको रोल्पा  भनेर किटान गरेको बिरताको भुमि तथा तिनलालको मातृभूमि हो रामेछाप  |तामाकोशी र सुनकोशीको बिचमा रहेको प्रदेश निर्वाचन क्षेत्र ख ले मन्थली खाडादेवी सुनापति र दोरम्बाको भूभाग समेटेको छ| यस क्षेत्रको दोरम्बा शैलुङ गाउपालिका तथा सुनापति गाउपालिकाले  बिगत लामो समयदेखि केन्द्रीय तथा प्रदेशबाट आउने बिकाश एडीबिको सहयोगमा निर्माण भएका बिद्यालय संरचना बाहेक देख्न पाएको  छैन,तर हाल निर्वाचित  बागमति  प्रदेश सभा सदस्य युवराज चौलागाईले बिगतको तिता भोगाई र अनुभवलाई चिर्दै चुनावि प्रतिध्दता पुरा गर्दै  गएको देखिन्छ। जनताको सबै समस्यामा पुग्न नसके पनि मुख्य  मुख्य समस्यामा सहभागि हुने गरेका छन् | गत महिना शैलुङमा नेपाल टेलिकमको नेटवर्क राख्न प्राविधिकको टोलि सहित पुगेका  थिए ,त्यस्तै  शैलुङ क्षेत्र बिकाशको  मेरुदण्ड मानिने खैरेनिघाट राकाथुम गाल्पा सडक कालोपत्रे गर्नको लागि बागमति प्रदेश सरकार बाट  १० करोडको ठेक्का भएको जानकारि सामाजिक संजालमार्फत स्वयम् चौलागाईले जनाकारी दिएका थिए । सो  सडक बने पछि रमणीय  शैलुङमा  पर्यटकहरु  सजिलै पुग्न सक्ने छन् साथै खाडादेबी  दोरम्बा शैलुङ क्षेत्रमको समग्र बिकाशको लागि  ठूलो टेवा पुग्ने देखिन्छ।

हालसालै  दोरम्बा शैलुङ गापालिका को केन्द्र वडा न ३ बाट वडा न ; ५, ६, ७   र ४ को दर्गा जोड्ने  मुख्य सडक टोकरपुर -थरभञज्यङ – पुडि  कालोपत्रे को लागि  प्रदेश सरकारबाट  ९ करोड ६० लाख बराबर रकमको  बोलपत्र आवहान भैसकेको छ साथै  सुनापति गाउँपालिकाको लुभु देखि पालिका केन्द्र  जोड्ने १६ किमि सडक कालोपत्रेको लागि एडीबि तथा प्रदेश सरकारको संयुक्त साझेदारीमा बोलपत्र प्रक्रिया मार्फत निर्माण कम्पनी छनोट भैसकेको छ | उक्त प्रक्रिया बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार बिकाश निर्देशनालय मार्फत कार्यान्वयन हुने चौलागाईले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् | बिकाशको प्रयत्न र संकल्पले  निर्वाचन क्षेत्रका जनतालाइ अब त केहि होला कि  भन्ने  आशाबादी  दियो बलेको आभास भएको देखिन्छ |