रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । जुझारु युवा रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा भएको छ । सहिद दिवसको अवसर पारेर केही दिन अगाडीमात्रै उक्त पार्टी घोषणा गरिएको हो । हालैको लागि सो पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति निर्माण भएको पार्टीका संयोजक तिरुवाले जानकारी दिए ।

संयोजक तिरुवाले भने हामी समाजवादी यात्री हौं त्यसैले पुराना पार्टी र नेताहरुको नेपाली राजनीतिमा विकल्प खोजिरहेका छौँ । त्यस्तै उनले थपे नयाँ सोच, विचार र उद्देश्यकासाथ आज हामीले नेपाल श्रमिक पार्टी घोषणा गरेका हौँ । यो पार्टीले श्रमिक वर्गका जनताका हकहित र अधिकारको प्रतिनिधित्व गर्ने पार्टी संयोजक तिरुवाले बताए ।

देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डताको रक्षा गर्ने वर्गवाद र जातीवादको उन्मुलन गर्ने सो पार्टीको उद्देश्य रहेको छ । त्यस्तै, सो पार्टीको उद्देश्यहरुमा शोषित पीडित जनतालाई न्यायका लागि साथ दिदैँ सामन्तवाद, पूजीवाद, साम्राज्यवाद र अवसरवादको विरोध गर्ने लगायतका उद्देश्यहरु समेटिएका छन ।