जातिय बिभेद भोग्ने म्याग्दी ताकमका कुशल रसाईलीलाई अनेक दबाब आएपछि माफी माग्न बाध्य

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

यही पौष २२ गते म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्वर ७, ताकममा अस्पताल शिलान्यास कार्यक्रम जिल्ला सभासद भुपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रमा पालिका उपमेयर रेशम छन्त्याल, स्थानिय बुद्धिजिवी र स्थानियबासीहरुको सहभागितामा रहेको कुरा पुस २८ गते कान्तिपथ डटकममा जानकारी गराईएको थियो ।
ताकमका ३,४,५ नं वडाबासीहरु उपल्लो जाती र वडा ६ नं का दलितहरुले दलितहरुलाई सेलरोटी बनाउने निर्णय भयो । त्यस गाँउपालिकामा अझैंपनि जातिय बिभेद कायम नै रहेको र बर्षौं देखी बिभेद सहदै आएको कुरा दलित समुदायका युवा कुशल रसाईलीले आफ्नो सामाजिक सञ्जाल मार्फत गुनासो ब्यक्त गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै पुस २८ गते कान्तिपथ डटकम र अन्य मिडियामा म्याग्दी जिल्लाका सभासद भुपेन्द्र थापा र समाचार सम्प्रेषण नगर्ने म्याग्दीका गैरदलित पत्रकार सन्तोष गौतम लगायत ताकमबासीहरुको गुनासो गर्दै अस्पताल शिलान्यास कार्यक्रममा जातिय बिभेद भएको भन्ने बिषयमा समाचार सम्प्रेषण गरेपछि त्यस समाचारले म्याग्दीका सभासद भुपेन्द्र थापा, म्याग्दीका गैरदलित पत्रकार सन्तोष गौतम र ताकमका गैरदलितहरुलाई केही असर परेको छ ।
समाचार प्रकाशन पश्चात तिनीहरुलाई असर पर्न गएपछि सामाजिक सञ्जालमा गुनासो गर्ने धौलागिरी गाँउपालिका ताकम, म्याग्दीका युवा कुशल रसाईलीलाई अनेक दबाब दिई माफी माग्दै बिज्ञप्ती जारी गर्न लगाईएको छ । जातिय बिभेद गर्नेलाई कारबाही नभई उल्टै बिभेद भोग्नेलाई माफी मगाउन लागाउने , दबाब दिने ? कस्तो शाषण हो यो ? के यही हो लोकतन्त्र, गणतन्त्र ? जनताले चुनेको जनप्रतिनिधीको तरिका यही हो त ? चुनावको बेला दलितलाई यस्तो गर्छु, उस्तो गर्छु भन्ने भोट माग्ने अनि चुनाव जितेपछि सबै कुरा घाममा सुकाईदिने ?
सभासद भुपेन्द्र थापाकै प्रमुख आतिथ्यता भएको कार्यक्रममा बिभेद हुँदा किन उनको ध्यान गएन । म्याग्दीमा यस्तो घट्ना घट्दा पनी म्याग्दीका दलित अगुवाहरु किन कानमा तेल हालेर बसेका छन् । अब म्याग्दीका दलितहरु एक भएर यस बिषयमा आवाज उठाएर ताकमका पिडित पक्षहरुलाई न्याय दिलाउन पर्छ । यस मुद्धा प्रती सम्बन्धीत निकायको छिट्टै ध्यान जाओस् ।
साभार : कान्तिपथ डटकम