प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल
पुस २४ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा “प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७” सम्पन्न भएको छ । यस प्रतियोगिता अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रतियोगितामा लोक संगीतिक क्षेत्रका चर्चित ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कार्यक्रम सञ्चालन सचिव प्रकाश दुतराजले गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ १२ वटा समुह र महिला तर्फ १४ वटा समुहले भाग लिएका थिए । प्रतियोगीहरुबाट पुरुष तर्फ प्रथम हुनेमा डोलराज बारघरे र रमेश बाबु थापा मगर, द्धितिय राजु ढकाल र सुवास केसी, तृतिय जिवन पन्त, निर आले मगर, कृष्ण रेउले र पिएन सापकोटा बिजेता बन्न सफल भएका थिए भने महिला तर्फ प्रथम देबी घर्ती, द्धितिय निता गुरुङ, तृतिय सृष्टी पुन, सुस्मिता घर्ती बिजयी बन्न सफल भएका थिए ।
प्रथम संस्थागत पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता २०७७ प्रतियोगितामा केन्द्रिय अध्यक्ष रमेश बिजी, सहयोगीदाता, सल्लाहकारहरुको हातबाट पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली अभिब्यक्ति रहेका थिए । प्रतियोगितामा सहयोग गर्ने सहयोगीदाता पत्रकारहरु प्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
यस प्रतियोगीतामा पुरुष तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ३ हजार, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु २ हजार रहेको छ भने तृतिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १ हजार रहेको छ । साथै महिला तर्फ प्रथम पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु १५ सय, द्धितिय पुरस्कार कप, मेडल, प्रमाण पत्र र नगद रु ५०० रहेको थियो । लोक कलाकारहरु कै ईतिहासमा पहिलो पटक सोही संस्थाका अध्यक्ष अञ्चल शाहीको परिकल्पनामा यस प्रतियोगीताको सुरुवात गरिएको हो ।