राष्ट्रकवि माधवप्रसाद घिमिरेको आफ्नै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको आफ्नै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो। स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो । उनको १०१ बर्षको उमेरमा निधन भएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।
नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् । हाम्रो यस अनलाईनको तर्फबाट उहाँको मृत्तात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।