सांगीतीक क्षेत्रमा बिकृती ल्याउने तथा गीत चोर्ने कलाकारलाई कडा कारबाही हुने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

प्रकाश बराईली अभिब्यक्ति
काठमाडौं, नेपाल

पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा धेरै प्रकारका बिकृतीहरु भित्रिएका छन् । कोही कलाकारले असली श्रष्टा र सर्जकको गीत चोरिरहेका छन् भने कोही कलाकारले समाजमा नपच्ने खालका अपाच्य शब्दहरु प्रयोग गरेर गीत निर्माण गर्ने गरेको पनि पाईन्छ । कस्तो प्रकारको गीत समाजले पचाउन सक्छ भनेर श्रष्टा तथा सर्जकहरुले गीत निर्माण गर्नुपर्छ । श्रष्टा सर्जक भनेको त गीतको जन्मदाता हो । गीतलाई कस्तो रुप दिने भन्ने कुरा सर्जकहरुको हातमा भर पर्दछ ।

पछिल्लो समयमा सांगीतीक क्षेत्रमा आएका बिकृती बिसंगतीलाई निमुल पार्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नयाँ अभियानको सुरुवात गरेको छ । असार २५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय बिच बृहत छलफल भई नयाँ सहमती भएको छ ।

नेपाली गीत संगीतको बिकृती बिसंगती हटाउने र पुराना श्रष्टा तथा सर्जकहरुको गीत चोरी हुने जस्ता क्रियाकलापलाई निर्मुल पार्ने अभियान प्रती प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय सकारात्मक हुँदै यस अभियानमा पुर्ण रुपमा साथ दिने प्रतिबद्धता ब्यक्त गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हजारौ कलाकारहरुको छाता संगठन पनि हो ।

आफ्नो गीत अर्कैले सृजना गरेको तथा चोरि भएको थाहा भएमा सोही प्रमाण सहित कारबाहीको माग गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा निबेदन गर्छ भने पुराना तथा असली श्रष्टाहरुलाई साथ दिने र गीत चोरी गर्ने, गीत संगीत क्षेत्रमा बिकृती ल्याउने कलाकारलाई कडा भन्दा कडा कारबाही गरिने कुरा सोही संस्थाका अध्यक्ष रमेश बिजिले जानकारी गराएका छन् ।

प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, उपमहासचिव शिब हमाल, केन्द्रिय सदस्य पिएन सापकोटा बिच छलफल भई नयाँ निती लागु गर्ने सहमती भएको हो । गीत चोरी भएको या गीत संगीत सम्बन्धी केही गुनासोहरु छन् भने सिधै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कार्यालयमा जानकारी गराउन केन्द्रय सदस्य पिएन सापकोटाले अनुरोध गरेका छन् ।

उपमहासचिव शिब हमाल भन्छन् “गीत संगीत चोरी गर्नु अर्काे अपराध हो । असली श्रष्टाले न्याय पाउनैपर्छ । यदी कसैले कसैको गीत या सृजना चोरेको छ भने हामीलाई खबर गराउनुहोस् , निबेदन दिनुहोस् यस्ता ब्यक्तिलाई हदै सम्मको कारबाही गर्नका लागी हामिले पहल कदम चलाउछौं । प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले यस अभियानमा साथ दिने कुरा प्रति हामी आभारी छौं ।”