मेदनी प्रसाईं , झापा
मकैको उत्पादनका लागि गुणस्तरीय बिज र मलखाद्य पर्यप्त भएमा विरुवाले आवाश्यक खाद्य तत्व ग्रहण गर्छ र येस्को वृद्धि विकास पनि सरल प्रक्रियाबाट हुन्छ। तर मकैको कुनै कुनै बिरुवाले उत्पादन क्षेमता नभएको विजका कारण वृद्धिको क्रममा पोषक तत्व अत्याधीक ग्रहण गर्यो भने बिरुवा अत्याधिक सप्रन्छ। (जस्लाई हौसनु भनिन्छ) येसरी हौसेर वृद्धि भएको मकैको विरुवाले के के न उत्पादन दिने जस्तो गरेर एउटै बोटमा दुई देखि दस वटा सम्म घोघा लाग्छ,तर फल भने शून्य। ठिक येस्तै ,विगत सत्तरी वर्षको इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टी आज बहुमतका साथ स्थानीय निकाय , प्रदेश , संघीय संसद हुँदै अहिले सरकारमा विरजमान छ।अहिलेको अवस्था सम्म आईपुग्नलाई येस पार्टीले हिंसात्मक गतिविधि देखि भुमिगतकाल, असंख्य टुट्फुट, पटक पटकका राजनैतिक आन्दोलन ,सत्ता साझेदारि, हुँदै गणतन्त्र सम्मको लामो यात्रा तय गरेको इतिहास छ। नेकपा आजको अवस्थामा आईपुग्दै गर्दा मुलुकको अवस्था अत्यन्त जर्जर र दयनिय अवस्था बाट गुज्रिदै थियो।
जस्को तस्वीर तपाईं हाम्रो आँखामा प्रतिविम्बित हुँदै हृदयलाई स्पर्श गर्न पुग्छ।विगत तीस वर्ष देखि नेपालमा गरिदै आएको लोकतन्त्रक अभ्यासले येस्को मूल्य मान्यता लाई नै चुनौती दिई रहेको अवस्थामा एउटा् बलियो ,स्थिर र जनभावना अनुकुलको सरकारको आम चाहना स्वभाविकै थियो। नेपाली काङ्ग्रेसको साख स्खलित र केपि ओलि नायक बन्दै गरेको अवस्था थियो त्यो। हौसिएको मकैको घोगा’ जस्तै सरकारहुमत जनता केपी ओलिको नायकत्व प्रती आशावादी देखिदै बहुमत प्रदान गर्न एकमत देखिए। यता राजनैतिक वृत्तमा भने केपि ओलिको क्षमता , कार्यशैलि, पार्टीको संरचना र संगठनलाई लिएर यथास्थितिकै निरन्तरता बाहेक केही हुन नसक्ने भन्ने निष्कर्ष थियो।
समयक्रममा हिजोको राजनैतिक वृत्तको निष्कर्ष र यथार्थतामा कुनै ठूलो फरकपन देखिएन। केपि ओलिमा देखिएको शक्तिको उन्मातनै मैशासुर बन्यो। विपन्न वर्गको प्रतिनिधित्व गर्ने दर्शन बोकेको पार्टीका प्रधानमन्त्रीको विपन्न वर्ग प्रतिको उदासिनता उदेकलाग्दो कसरी हुन सक्यो ? दुर्लभ आउने अवसरमा मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने धेरै वस्तु गत परिस्थिति अनुकुल हुँदाहुँदै परिणाम सापेक्षित रूपमा दिन नसक्नु अक्षमता हो। येस्को कुनै कारण छैन कि ,येस्लाई पुर्णता दिन नसकियोस। येस्कालागी त पहिलो इच्छा शक्ति,दोस्रो कार्य योजना तेस्रो, इमान्दारिता,चौथो तत्परता र पाँचौ यी सबैको कुशल संयोजन आवाश्येक हुन्छ ,तर केपि सरकारले येस्लाई महसुस गर्न सम्म आवाश्येक ठानेन।
बहुमतिय केपि सरकारको पछिल्लो कार्यशैली र गतिविधिले केही समय पुनर्जिवित भएका आशाहरु पुन मुर्छित बन्न पुगे।लोकतन्त्र पछीको विगत तीस वर्षको समयवधिमा तत्कालीन युवा अवस्थामा रहेका युवाहरुको भविस्य जसरी समाप्त गरियो, आज त्यस्तै यो पाँच वर्षको बहुमुल्य समयवधि पनि प्रत्येक युवाहरुका लागि व्यर्थ सावित हुने निश्चित भयो।येस्का लागि ती तमाम युवाहरुले आफ्नो सुनिश्चित भविस्यका लागि अझै केही समय कुर्नु को विकल्प रहेन। आज विश्व महामारीको संकट्बाट गुज्रिरहेको छ,लगभग चालीस दिन देखि मुलुक ठप्प छ।व्यपारी, उद्योगि , कृषक , मजदुर ,विपन्न वर्ग देखि सर्वसाधारण कष्ट पुर्ण अवस्थामा छ्न।
यी समस्याको सामना गर्न सरकारको तयारी भ्याइनभ्याई हुनुपर्ने हो।तर सरकार अध्यादेश मार्फत देशको संबैधानिक प्रावधान र मर्म माथी नै प्रहार गर्दै र अन्य पार्टी फुटाएर राज गर्ने ग्याम प्लानमा देखियो। पछिल्लो समय नेकपाको सरकार र आफ्नै पार्टी विच सत्तास्वार्थको अन्तर संघर्षले सत्ता परिवर्तन देखि ,पार्टी विभाजनको दिशा उन्मुख देखिदैछ।येस्तो परिस्थिति आउनु भनेको ,वास्तवमा देश र आम नागरिककै लागि दुर्भाग्य हो।केपि सरकारलाई बहुमत दिलाएर सुखी र खुशी बन्ने तीब्र चहानाका साथ हौसिएका नगरिकको हौसाई, माथी हौसिएर असंख्य घोगा लागेर पनि सुन्य दाना भएको मकैको घोगा जस्तै अनुत्पादक सावित भयो।