कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा लकडाउन थपेको छ । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो ।

सरकारले समितिको प्रस्तावलाई परिमार्जन गर्दै ८ दिन थप्ने निर्णय गरेको हो ।सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी मुलुकभर एक साता लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन अवधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको लकडाउन नसकिँदै सरकारले त्यसलाई थपेको हो ।

उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न लकडाउन अवधि लम्ब्याउन प्रस्ताव गरेको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये २ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । बाँकी ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

https://www.youtube.com/watch?v=38NveKZUDrA