“७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

प्रकाश बराईली “अभिब्यक्ती”
काठमाडौं, नेपाल

“अग्रजलाई सम्मान नव प्रतिभालाई सम्मान” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंको आयोजनामा हुन लागेको “७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७७” को आबेदन फर्म खुल्ला भएको छ । यस अवार्ड जेठ ३१ गते शनिबारका दिन प्रज्ञा भवन कमलादी, काठमाडौंमा सम्पन्न हुने भएको छ ।

सो अवार्डको फर्म भर्ने अन्तिम मिति २०७७ बैशाख १५ गते सम्म रहेको छ । उक्त अवार्डमा ५ वटा सम्मान सहित ३३ वटा बिभिन्न बिधा रहेका छन् । यस “७ औ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७६” को फर्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको कार्यालय, मारुनी रेकडिङ स्टुडियो, मार्मिक रेकडिङ स्टुडियो, स्टुडियो मालश्री, प्रिज्म रेकडिङ स्टुडियो, राग स्टुडियो, म्युजिक बैंक स्टुडियो लगायत अन्य स्टुडियोहरुमा पाईने छ ।

जस्ले पनि आफ्नो पायक पर्ने ठाँउमा अवार्डको फर्म भर्न सक्ने छन् । अवार्ड कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरिदिनका लागी उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।