उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । उपत्यकामा ट्राफिक–जामलाई न्यूनीकरण गर्ने उपायको खोजीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको मानभवनस्थित लुम्बिनी इन्टरनेसनल एकेडेमीमा उक्त एक दिने कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सडक विभाका महानिर्देशक केशवकुमार शर्माले ट्राफिक–जामलाई न्यूनीकरण गर्न सबैभन्दा उत्तम भनेको पैदल यात्रीलाई सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘बाटोमा पैदल हिड्ने व्याक्तिलाई अपमान गर्ने तथा मान्छे नै नठान्ने प्रवृति गर्दा मानसिक हिसाबले जो कोही व्याक्ति सडकमा हिड्न लाज मानिरहेको छ । मानसिक हिसाबले नै मान्छेलाई तयार गराउन सके गाडी चढ्ने व्याक्तिको संख्यामा कमी आउँछ ।’ भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व स्पष्ट खाका योजना नबन्दा पछिल्लो समय ट्राफिक–जाम बढेको उनले बताए ।

उनले ट्राफिक–जाम कम गर्न रात्रीकालीन सेवा पनि खुला गर्नुपर्ने, स्कुल तथा कलेजको समय पिक आबरभन्दा केही अगाडि पछाडि गर्नुपर्ने तथा स्माटै सेवाहरूलाई प्रर्वधन गर्नुपर्ने बताए । महानिर्देशक शर्माले स्मार्ट लाईट तथा ट्राफिक चिह्नहरूलाई प्राथमिकता दिने र सार्वजनिक यातायातमा सुधार गर्नुपर्ने बताए । हरेक ठाँउमा बाटो बिग्रेमा, नबनेमा दोष जति सडक विभागलाई दिने गरेको भन्दै सडक विभागको कार्यक्षेत्र भन्दा बाहिरका सडक परियोजनाहरूको बारेमा सम्बन्धित निकायमै दबाब गर्न अनुरोध गरे । उनले भने, ‘सडक बनाउने जिम्मा थुप्रै निकायमा गएको छ, यसकारण सडकको काममा भनेजस्तो प्रगति हुन सकेको छैन, सडकको काम चुस्त राख्न देशभरको लागि एउटै निकायले अधिकार पाउनु प¥यो ।’

कार्यक्रममा प्रा.डा. पदमबहादुर शाही र सविन खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा प्रा.डा. पदमबहादुर शाहीले जनसंख्या बढ्यो, सहरी क्षेत्र बढ्यो, नयाँ सिस्टम आए तर सोच र संस्कार तथा नीति तथा कानुन उही भएकाले ट्राफिक–जाम बढेको बताए । उनले ट्राफिक–जाम घटाउन सहरी तथा ग्रामीण भेगको यातायातको अनुगमन नियमन गर्ने निकाय फरक फरक हुनुपर्ने, व्यावसायिक समय राति पनि खुला गरिनुपर्ने लगायतका तर्क गरे ।

त्यस्तै, सविन खतिवडाले पनि आफ्ना सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चारकर्मी सुदर्शन आचार्यले सडकमा गुड्ने सबैखाले गाडीहरूमा प्रतिबन्ध लगाउनु पर्ने बताए । उनले भने, ‘सार्वजनिक यातायातका २० वर्ष पुराना सवारीसान हटाएर मात्र हँुदैन सबैखाले सवारी साधनमा यो नियम लागु हुनुपर्छ ।’ साथै, उनले सडक निर्माण मात्र हैन निर्मित सडकलाई मर्मत सम्भार समयमै गरिनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी इन्टरनेसनल एकेडेमीका प्रमुख प्रकाश उपाध्याय, अभियन्ता सिताराम श्रेष्ठ, सञ्चारकर्मी सन्तोष सापकोटा लगायतले बोलेका थिए ।