सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. २ कुन्चोक स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रामबहादुर सुनार निर्बिरोध रुपमा निर्वाचित भएका छन् ।
अघिल्ला वर्षहरूमा विभिन्न राजनितीक खिचतानिका कारण निर्वाचन गरि समिति निर्माण भएका कारण पनि यस वर्ष पनि यसलाई चासोका साथ हेर्ने गरिएको थियो । तर यस वर्षभने रामबहादुर सुनारको नेतृत्वमा सर्वसम्बत समिति निर्माण भएको छ । समितिका सदस्यहरूमा देवी गिरी, रिता दुलाल, विष्णु कुमार भारती, भरत थापामगर, मदनराज गिरी र रामशरण भारतीलाई चयन गरेको छ । सुनार त्यसै विद्यालयका पुर्व विद्यार्थी पनि हुन ।
सामाजिक र राजनीतिक रूपमा आफुलाई सवल रूपमा प्रस्तुत गर्दै आएका सुनारलाई त्यहाँका स्थानिय अभिभाबकहरूले निकै आँशा र भरोसा योग्य ब्यक्तिका रूपमा लिदै आएका थिए । जसका कारण उहाँलाई सर्वसम्बत रूपमा निर्वाचित हुन सहयोग पुगेको थियो । त्यसै गरी यहि भेलाबाट शिक्षक अभिभावक संघ पनि गठन भएको थियो । मान बहादुर गिरीको अध्यक्षतामा पातली तामाङ, राम प्रसाद गिरी, श्रीराम गिरी, गोपिनी गिरी र कुमारी नेपाली सदस्यहरूचयन भएका छन ।
कार्यक्रममा सयौंको संख्यामा अभिभाबक, बुद्धिजीवी, शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउपालिका शिक्षा शाखा प्रमुख, नं ३ का वडा अध्यक्ष तथा गा.पा. शिक्षा शाखा सदस्य देवप्रसाद बानियाँ, वडाअध्यक्ष विर बहादुर तामाङ, कार्यपालिका सदस्य रिता सुनार, नं २ का वडा सदस्यहरू शेर्पा गिरी, भरत मल्ल ठकुरी तथा विभिन्न पार्टी प्रतिनिधि, शिक्षक, बुद्धिजीवी,सुभेच्छुक, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।