दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर । गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १७ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न र ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै कलाकार दुर्गेश र पल सहनै सकेन दुक्ख पर्दा सहयोग गर्नु पर्छ र हामीले त जसो तसो गरेर दुइ छाक भए पनि खाएको छौ भने उहाहरुलाई कति गार्हो भएको छ भन्दै आखा भरि आशु लिएर तेहा सम्म पुगेका छन् भने। नेपाली गीत संगीत तथा नेपाली चलचित्र पर्दामा आफ्नो आफ्नो छुट्टै पहिचान बनाउनु भएका यी दुइ कलाकारको मन निकै ठुलो भएको आभास गराउनु भयो ।

हाम्रो सानो सहयोगले उहाहरुको घाउमा मलम लगाउने प्रयास मात्र गरेको हौ समेत भन्नु भएको छ भने उहाहरु हाम्रो भगवान हुनु हुन्छ उहाहरु जस्तै दर्शक तथा श्वोर्ताहरुले हाम्रो सिर्जनालाई माया नगरी दिने हो भने हामि हुदैन समेत भनेर हामीलाई जानकारी दिनु भएको छ र बाग्लुङ ढोरपाटनमा मात्र होइन नेपाल भर रहनु भएका नेपालीहरुलाई दुक्ख पिडा पर्दा सके सम्म हामि सहयोग गर्न तयार छौ भन्दै भाबुक समेत हुनु भयो कलाकार दुर्गेश थापा तथा पल। तेसो त पछिल्लो समयमा दुर्गेश र पल निकै नजिकको साथी भएका छन् भने उहाहरुले अभिनय गर्नु भएको तथा दुर्गेश थापाले गाउनु भएको गीत आली जस्तो गायक पनि निकै सफल भएको थियो ।