काठमाडौँ । गीतकार समाजसेवी ईन्दिरा बोगटी”को शब्द” तथा चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामको आवाज”मा मार्मिक गीत [चोखो माया]को रेकर्डिङ कार्य सम्पन्न भएको छ | नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् एस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ ।
गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम”ले गाएका छ्न | उक्त गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।
प्रेममा आधारित सेन्टीमेन्टल युगल गीत रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै [ए कान्छी] गीत सार्वजनिक भएको थियो..भने उक्त गीतलाई गायक मोडल दीपेन्द्र सोनाम’ले गाएका थिए | रेकर्ड सम्पन्न गीतको भिडियो छिट्टैनै बजारमा आउने गीतकार समाजसेवी ईन्दिरा बोगटीले बताईन ।