“हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा भोली फागुन १७ गते स्वास्थ्य शिबिर, रक्तदान (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ ललितपुर जिल्लाको जावलाखेल स्थित खेल मैदानमा सम्पन्न हुने भएको छ । सो कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।
यस कार्यक्रमको सम्पुर्ण कार्यको तयारी पुर्ण रुपमा सकिएको कुरा सोही समितीका अध्यक्ष सुजन बराईलीले जानकारी गराएका छन् । सो कार्यक्रममा अल्का अस्पताल प्रा.लि. र रक्त सञ्चार केन्द्र ललितपुरले बिशेष सहयोग गर्ने भएको छ । कार्यक्रममा ललितपुर समिती आयोजकको रुपमा रहने छ भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटा समिती सहआयोजकको रुपमा रहने छन् ।
कार्यक्रममा चर्चित कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहनेछ । उक्त कार्यक्रममा सहयोगीदाता, अग्रज कलाकार, पत्रकार लगायत समाजसेबी ब्यक्तित्वहरुलाई पनि सम्मान गरिने कुरा आयोजक पक्षले जनाएको छ । कार्यक्रममा कलाकारहरुले नाक, कान, घाँटीलाई निशुल्क रुपमा जाँच गराउन सक्ने छन् । साथै रक्तदान गर्न ईच्छुक कलाकारहरुले रक्तदान गर्न पनि सक्ने छन् ।
कलाकारहरुको स्वास्थ्य अवस्थामा उत्तारचढाव आईरहने भएको हुँदा सोही कुरालाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कुरा सोही समितीका अध्यक्ष सुजन बराईलीले बताए । फागुन १७ गते सम्पन्न हुन लागेको यस कार्यक्रमलाई सबैको तर्फबाट सक्दो सहयोग गरिदिनका लागी आयोजक पक्षले अनुरोध गरेको छ । यस कार्यक्रको पुर्ण सफलताको लागी हाम्रो तर्फबाट अग्रिम शुभकामना ।