एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको सो अधिवेसनले अध्यक्षमा गोपालप्रसाद विश्वकर्मालाई सर्वसहमति अध्यक्ष चयन गरेको छ ।

त्यस्तै, सो अधिवेसनले उपाध्यक्षमा युवलाल विश्वकर्मा, रामप्रसाद लकान्द्री, केदानरनाथ सुनार, भद्रशिला गहतराज, संगम गहतराज र दिलिप विश्वकर्मालाई चयन गरेको छ । उक्त अधिवेशनले महासचिवमा एकराज लकान्द्री, सचिवमा हरिप्रसाद रसाइली र कोषाध्यक्षमा श्यामकुमार विश्वकर्मालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा शम्भु सुनार, कल्पना रामदाम, दिलिप घतानी, दिपक विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, अञ्जना गहतराज (बराइली), मानबहादुर कालीकोटे, कुमार विश्वकर्मा, सरोजदिलु विश्वकर्मा र हरिप्रसाद सेन्च्युरी चयन भए ।

एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले देशभरी छरिएर रहेका विश्वकर्मा समुदाय एक ठाँउमा आउन आग्रह गरे ।

त्यस्तै, मन्त्री विश्वकर्माले राणाशाषण पञ्चायत व्यवस्था धेरै समय टिक्न सकेन तर सदियौंदेखि चलि आएको जातिय छुवाछुत आजसम्म पनि अन्त्य नहुनाको कारण दलित समुदायका एक हुन नसक्नु भएको बताए । त्यस्तै, अब दलित समुदायले भोगेको विविध प्रकारका समस्याहरुलाई उन्मुलन गर्न जरुरी रहेको पनि मन्त्री विश्वकर्माले बताए ।

कार्यक्रममा, एसइइमा उत्कृष्ट अंक ल्याउने सुरज विश्वकर्मा र गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो । विश्वकर्मा समाजलाई सहयोग तथा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।