गल्बन्दी बिबाद र जातिय कमेन्ट बिरुद्ध “बिश्वकर्मा कलाकार मञ्च नेपाल” द्धारा प्रेस बिज्ञप्ती जारी

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

गायक प्रकाश सपुतको गीत गलबन्दीको चर्चा संगै बिबाद झन चुलिएको छ । प्रकाश सपुतलाई सामाजिक सञ्जालमा बिभिन्न खालका जातिय कमेन्टहरु आईरहेका छन् । यस बारेमा संसदमा पनि पुर्व मिन बिश्वकर्माले आवाज उठाउदै सरकारको ध्यानाकर्षण गर्न माग गरेका छन् । गल्बन्दी गीत जुधेपनी यसको छानबिन गर्ने निकायहरु छन् । तर गीत चोर कामी लगायत अन्य अपाच्य शब्दहरुले स्टाटस र कमेन्ट आउन थालेका छन् ।

अहिलेको २१ औं शताब्दीमा पनि जातिय मुद्धा उठ्नु र जातिय रुपले गालि गलौज गर्नु नराम्रो पक्ष हो । यस क्रियाकलापबारे नव गठित बिश्वकर्मा कलाकार मञ्च नेपालको ध्यानाकार्षण भई एक प्रेस बिज्ञप्ती जारी गरेको छ । सम्प्रादायिक हिंसा बढाउने खालका सामाजिक मुल्य र मान्यतामा आँच आउने खालका स्टाटस र जातिय कमेन्ट प्रति घोर आपत्ती जनाउदै सो ब्यक्तीलाई नेपालको प्रचलित कानुन अनुसारको कारबाहीको माग गरेको कुरा बिश्वकर्मा कलाकार मञ्च नेपालका अध्यक्ष कृष्ण आँसु बिश्वकर्माले जानकारी गराएका छन् ।

यस्तो अवस्थामा बिश्वकर्मा कलाकारहरु चुप लागेर बस्नु हुन्न । आफ्नो हक अधिकारको निम्ती लड्नु पर्छ । जातिय स्टाटस तथा कमेन्ट गर्नेलाई जातिय बिभेद बिरुद्धको कसुर ऐन अन्तर्गत कारबाहीको माग गर्दै बिश्वकर्मा कलाकार मञ्च नेपालका सचिव सुजन बराईलीले अनुरोध गर्दै सम्पुर्ण कलाबारहरु एक जुट हुन आग्रह गरेका छन् ।

बिश्वकर्मा कलाकार मञ्च नेपालका प्रवक्ता प्रकाश बराईली अभिब्यक्ती भन्छन् “बिगतको बर्ष मोडल तथा शंकर बिसीलाई जातिय गाली गलौज भएको थियो । यो बिषय सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने हाल : गल्बन्दी काण्डको बिषयलाई लिएर प्रकाश सपुतलाई जातिय गाली गलौज गरेको कुरा सामाजिक सञ्जाल र बिभिन्न मिडियामा भाईरल भएको छ । हाल : २१ औं शताब्दी तथा सञ्चारको युगमा पनि जातिय हिसावले गाली गलौज गरिरहेका छन् । यस प्रती चिन्तीत छु । यस मुद्धा बारे संसदमा पनि छलफल भएको छ । सम्पुर्ण बिश्वकर्मा कलाकारहरु एक जुट हुनुपर्ने अवस्था आएको छ । जातिय मुद्धा बारे मेरो पनि ध्यानाकार्षण भएको छ । यस प्रती मेरो आफ्नो तर्फबाट र मिडियाको तर्फबाट सक्दो सहयोग गर्ने छु । दोषीलाई छिट्टै कारबाही होस् भन्ने मेरो माग छ ।”